भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी शिखर सम्मेलन छिटो गराउन भारत सकारात्मक बनेको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् । भारतको औपचारिक भ्रमणबाट फर्केका परराष्ट्रमन्त्री महराले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘सार्कको स्थगित १९ औं शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक छ ।’