२३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौं । समाजसेवामा क्रियाशील २३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) दिइएको छ ।  सिजन मिडिया प्रालिले आज आयोजना गरेको कार्यक्रममा उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।  उक्त अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई र टोपबहादुर मल्ल छन् । यस्तै, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरू प्रेमकुमार खत्री, सरु सुवेदी, रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा. अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल र चिकित्सक डा. मनिषा कार्कीलाई पनि उक्त सम्मान दिइएको छ ।  यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस)का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौ्रको बागमती सफाइ महाभियानका प्रतिनिधि छन् ।  सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले समाजसेवामा पुर्याएको योगदानका लागि विभिन्न व्यक्ति र संस्थालाई सम्मान दिइएको बताए । 

सम्बन्धित सामग्री

‘सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।...

अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल

काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली […]

बौद्धिकताको भयानक दुरुपयोग गर्ने व्यक्ति हुन् बाबुराम

डा. बाबुराम भट्टराई नेपालका चर्चित व्यक्ति हुन् । प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले उनी चर्चितको सूचीमा पर्नु ठिकै हो । हाल उनी एउटा सानो पार्टीमा आवद्ध छन् । पार्टीभन्दा उनको व्यक्तित्व चर्चित छ । बाबुराम चर्चित हुनुको कारण यति मात्र होइन । उनको विचार बडो अनौठो हुन्छ । वैचारिक रुपमा बाबुराम दुई दशकदेखि पिङ खेलिरहेका छन् […]

काठमाडौंमा तीन व्यक्ति मृत फेला

काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् ।

व्यक्ति, विचार र व्यवस्था

देश बनाउन योग्य व्यक्ति चाहिँदो रहेछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई राजनीति गर्ने एजेन्डा बनाउने तर ठाउँमा पुगेपछि आफ्नो र आफन्जनको पालन पोषणमा अभ्यस्त हुने संस्कारले सुशासन शब्दमा मात्र सीमित रह्यो । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्यवस्था बद्लियो । […] The post व्यक्ति, विचार र व्यवस्था appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लागूऔषधसहित एक व्यक्ति पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। १५ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित झापाको भद्रपुर नगरपालिका–८ का २२ वर्षीय सुमन तामाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए । यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भन

भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो।