पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले १४ हजार ३०६ मत पाएका छन्। नेकपा एमालेकी सचिव पद्मा अर्यालले १२ हजार १३५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरुबीच २ हजार १७१ मतको अन्तर छ। मतगणना अहिले पनि जारी छ।
मोरङ – मोरङ क्षेत्र नम्बर ४ प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार भीम पराजुलीले अग्रता कायमै राखेका छन्। विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुलीले ७ हजार २ सय ५१ मत ल्याएकाछन्। पराजुलीले नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेसँग १ हजार २ सय ८० मतको अन्तर कायम गरेका छन्। प्रदेश १ का पूर्व […]
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध १ हजार ९०७ मतको अन्तर बनाएका छन् । एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग सुरुवातदेखि नै लगातार पछि रहँदै आएका छन् । कुल ४३ हजार २४४ मत गणना गर्दा खतिवडाले १५ हजार ३४८ मत पाएका छन् भने एमालेका बर्तौलाले १५ हजार ३८४ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प
विराटनगर : ताप्लेजुङमा नेकपा माओवादीका उम्मेदवार खेलप्रसाद बुडा क्षेत्रीले अग्रता कायमै राखेका छन्। उनले १ हजार ७८० मत ल्याएका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका योगेश भट्टराईले १ हजार २७० मत प्राप्त गरेका छन्।उनीहरूको मत अन्तर ५१० छ।
काठमाण्डाै – काठमाण्डाै क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेबिता गाैतमकाे अग्रता कायमै छ ।
पछिल्लाे मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी गाैतमले ७ हजार १ सय ८३ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पाेखरेलले ५ हजार ५० मतसहित पछ्याइरहनु भएकाे छ । गाैतम र पाेखरेलबीचकाे मत अन्तर २ हजार १ सय ३३ रहेकाे छ ।
यस्तै नेकपा एमालेका मणिराम फुयाँलले ४ हजार ७ सय ५१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ३ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएक...
वीरगञ्ज – प्रतिनिधि सभातर्फ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अग्रता कायमै राखेका छन्। नेपालले ५ हजार ४४५ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनलाई एमालेका अजय गुप्ताले ४ हजार ८७३ मत ल्याएर पछ्याउँदै छन्। नेता नेपाल र गुप्ताबीच ५ सय ७२ मतकाे अन्तर छ ।
मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एस (एकीकृत समाजवादी) की उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिइहरनुभएकाे छ । यो समाचार तयार पार्दासम्मको मतगणनामा लामाले २१ हजार नाै सय ९३ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १९ हजार नाै सय १६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दीपकबहादुर सिंहले १९ हजार तीन सय ९३ मत प्राप्त गर्नुभएकाे छ । अहिले एमाले र राप्रपाबीच पाँच सय २३ मतकाे अन्तर रहेकाे छ ।&nb...
विराटनगर- स्थानीय निर्वाचन अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनतर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन्। इटहरीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार पौडेलले १ हजार ९ सय २७ मत हासिल गरेका छन्। उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बासँग करिब ५ सय मतको अन्तर कायम गरेका छन्। हालसम्म सुब्बाले १ हजार ४ […]
काठमाडाैँ- काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै गरेका छन्। पछिल्लाे मतगणना अनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ७२ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले एक हजार १ सय ६४ मत पाएका छन्। गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले एक हजार ६ मत पाएकी छन्। साह र स्थापितबीच […]