स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्याल २१७१ मतले पछाडि

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले १४ हजार ३०६ मत पाएका छन्। नेकपा एमालेकी सचिव पद्मा अर्यालले १२ हजार १३५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरुबीच २ हजार १७१ मतको अन्तर छ। मतगणना अहिले पनि जारी छ।

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा धनराज गुरुङ १६९५ मतले अघि, पछ्याउँदै पद्मा अर्याल

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।