तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ ।
डिभिजन वन कार्यालयले १ हप्ता अगाडि राखेको खोरमा परेर बिहीवार बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।
खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । उनका अनुसार चितुवा अन्दाजी ८ वर्षको छ ।
स्थानीय रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । &l...