गुल्मी – गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ काे मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।
स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियाे । स्थानीयले...