कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ।सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए।सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको बारे जानकारी दिएको उनले बताए।‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भै संक्रमण हुँदा किरा परेको अवस्थामा भेटाएका छौं’ उनले भने,‘घाउ भएको ठाउँमा किरा परेको र धेरै दिन देखि खान नपाई