काठमाण्डाै - जुम्ला सदरमुकाम खलङ्गा बजार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो ।
कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको छ । सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएको भन्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
उहाँले लामो समयदेखि संसदमा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आउनुभएको थियो । सदरमुकाममा बत्ती...