१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला

साउन ५, सुर्खेत । कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको १० दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाईनसँग जोड्ने तयारी भएको जानकारी दिए ।  उनले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुर्‍याउन टान्सफर्मरलगायतका विद्युतका सामग्रीहरु अपुग भएमा प्रदेश प्रदेश सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताए ।  ‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पु¥याउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुग्ने अपेक्षा लिएको छु ।’ नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरिले जुम्लालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न तीव्रताका साथ काम भइरहेको बताए ।  ‘कालिकोटसम्म ३३ केभीलाइन पुर्‍याएका छौं, जुम्लामा लाईन विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं ।’ उनले निरन्तरको वर्षाका कारणले काममा समस्या भइरहेको भएपनि चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्ने लक्ष्यका साथ कामले निरन्तरता पाईरहेको जानकारी दिए ।  उनका अनुसार एक सातामै दैलेखको दुल्लु सव–स्टेशनमार्फत कालिकोटमा ३३ केभी प्रसारण लाईन पुग्दैछ । कालिकोट सदरमुकाम मान्मबाट जुम्लासम्म तत्कालका लागि ११ केभी प्रसारणलाइन पुर्‍याउने लक्ष्य प्राधिकरणको छ । मान्मादेखि जुम्ला खण्डको ३५ किलोमिटर खण्डमा विद्युत् प्रवाह भइरहेको छ ।

सम्बन्धित सामग्री

अनिश्चित लोसेडिङको मारमा जुम्ला

कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्ला अझै अनिश्चित लोडसेडिङको मारमा पर्दै आएको छ । ११ केभीको राष्ट्रिय प्रसारणलाइन पुगे पनि जुम्लामा अनिश्चित लोडसेडिङ हुँदै आएको छ । राष्ट्रिय प्रसारणलाइन पुगेसँगै उत्साहित भएका उद्योगी व्यवसायी, इलेक्ट्रोनिक व्यवसायीलगायतका उपभोक्ता बत्तीको समस्या अन्त्य नभएपछि अहिले आक्रोसित छन् । जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको दुई वर्ष बढी […]

संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न–‘जुम्ला नेपालमा पर्छ कि पर्दैन ?’

काठमाडौं, २४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्ला कुन देशमा पर्छ भनी प्रश्न गरेका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद शाहीले फोरजी र टेक्नोलोजीका कुरा गरिरहँदा जुम्लामा राम्रोसँग नेटवर्क बनाउन नसकिएको भन्दै संसद्को ध्यानाकार्षण गराएका हुन् । ‘जुम्ला कहाँ पर्छ ? कुन देशमा हो ? खोजिरहेको छु । यहाँ […]

जुम्ला सदरमुकाम खलङ्गामा दुई हप्तादेखि विद्युत् सेवा अवरुद्ध

जुम्ला – जुम्ला सदरमुकाम खलङ्गामा दुई हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको एक हप्ताको अविरल वर्षासँगै आएको बाढी पहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो । बाढी पहिराले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति पुगेको छ । खलङ्गामा दुई हप्तादेखि नेसनल ग्रिड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलङ्गामा काम चला...

नवौँ राष्ट्रिय खेलकुद छनोट : पाँच हजार मिटर दौडमा जुम्ला प्रथम

जुम्ला – कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा महिला र पुरुष दुवै विधामा जुम्ला प्रथम भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लामा आबद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ प्रथम हुँदा जुम्लाकै शेरबहादुर अधिकारी द्वितीय र सुर्खेतका अजय विक तृतीय स्थान हासिल गरे। महिलातर्फ जुम्लाकै अन्तिमा बुढा प्रथम […]

जुम्ला रारा अल्ट्रा म्याराथनमा ७६ खेलाडी दाैडिए

जुम्ला । तेस्रो “जुम्ला रारा अल्ट्रा म्याराथन” कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले उद्घाटन गरेका छन् । ४९ किलोमीटर लामो ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ र रन फर फ्यान अन्तर्गत ५ किलोमीटरको कर्मचारी र यु-१६ तर्फको दौडको उद्घाटन भएको हो । ‘जुम्ला रारा अल्ट्रा म्याराथन’मा ७६ जना खेलाडी दाैडिएका छन् । बाँकी ५ किलोमिटर दौडमा करिब […] The post जुम्ला रारा अल्ट्रा म्याराथनमा ७६ खेलाडी दाैडिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

जुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । लामो प्रयास र संघर्षपछि जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।पूर्वनिर्धारित समयअनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको नेपाल विद्युत् प्राधिरकण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए । उनले भने, “दैलेखदेखि दुल्लु १५० किमि, दुल्लुदेखि कालिकोट ६० किमि र कालिकोट हुँदै जुम्ला ८० किमिको दूरीमा […]

जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाण्डाै - जुम्ला सदरमुकाम खलङ्गा बजार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो ।  कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको छ । सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएको भन्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले लामो समयदेखि संसदमा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आउनुभएको थियो । सदरमुकाममा बत्ती...

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण ग

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै जुम्ला

जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न लागेको छ । बढीमा एक साताभित्र ११ केभी राष्ट्रिय विद्यत्को प्रसारण लाइनमा जुम्ला जोडिन लागेको हो । २०४० सालमा तत्कालीन मन्त्री हरिश्चन्द्र महतको प्रयासमा घुघुत्तीमा निर्माण भएको २४० किलोवाटको जलविद्युत् आयोजनाको विद्युत्ले अहिलेसम्म कामचलाउ सेवा दिइरहेको छ । अब भने राष्ट्रिय प्रसारण लाइनमा जोडिन लाग्दा जुम्लावासी खुसी छन् । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण शाखा अहिले वितरण लाइन निर्माणमा व्यस्त छ । प्राधिकरणले शनिबारसम्म जुम्ला खलङ्गा बजारदेखि नाग्म क्षेत्रका पोल तथा ...

जुम्ला बजारमा फोहरकाे थुप्रो, मानव अधिकार आयोगको चासो

जुम्ला – जुम्ला बजारमा फोहर व्यवस्थापनको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । फोहर व्यवस्थापन हुन नसक्दा चौतर्फी आलोचना बढेपछि राष्ट्रिय मानव अधिकार आयोगले नगरपालिकालाई पत्राचार गरेर चासो व्यक्त गरेको हो ।  आयोगले चन्दननाथ नगरपालिकालाई दिएको पत्रमा संविधानको धारा ३० को नागरिकको स्वच्छ तथा स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वयनबारे नगरपालिको सहरी क्षेत्र अनुगमन गर्दा फोहरमैलाको उचित व्यवस्थापन हुन नसकेको पाइएको बताइएको छ ।  आयोगका अधिकृत किरण बरामद्वारा हस्ताक्षरित पत्रमा फो...