७६ जिल्लामा पुग्यो राष्ट्रिय प्रणालीको विद्युत्

काठमाडौं। नेपालको ७६ जिल्लामा राष्ट्रिय प्रणालीको विद्युत्को पहुँच पुगेको छ । कर्णाली प्रदेशको मुगुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएका जिल्ला ७६ ओटा पुगेका हुन् । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्‍याएको हो । यसका लागि करीब ८५ किलोमिटर लाइन निर्माण गरिएको छ । प्राधिकरणले आइतवारदेखि गमगडीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन शुरू गरेको छ ।  प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्भे’ भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने जानकारी दिए । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताए । हाल मुगुमा प्राधिकरणका ३ हजार ५०० घरधुरी ग्राहक छन् । गतवर्षको असोजमा आएको विनाशकारी वर्षाका कारण गमगाड साना विद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मतपछि विद्युत्गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

सम्बन्धित सामग्री

रानी जमरा कुलरियाको ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा

कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गत पुस पहिलो साताबाट आन्तरिक परीक्षण उत्पादन सुरु भएको आयोजनाको विद्युत् मंगबारदेखि राष्ट्रिय...

एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपियो

लमजुङको दोर्दी करिडोरबाट एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिएको छ । दोर्दी करिडोरमा निर्माण सम्पन्न भई अहिले एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिएको हो । निजी क्षेत्रको २४...

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

काठमाडौं : त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ। विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो।बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढ

१० मेगावाट सोलार विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

नेपालगञ्ज– बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए।     प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए। ‘हामीले विद्युत् कोहलपुर […]

७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

आगामी आर्थिक वर्ष सात सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दुई वर्षभित्र सबै स्थानीय...

रसुवाको ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युत् जोडियो

रसुवा – रसुवाको ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युतको पहुँच पुगेको छ । जिल्लामा विद्युत् उत्पादन भएको दुई दशक हुनै लाग्दा सबै क्षेत्रमा विद्युत् सेवा पुग्न लागेको छ । अब दुई प्रतिशत घरमा मात्र विद्युत् सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार लाङटाङ र क्यान्जिन क्षेत्रमा विद्युत् पुर्‍याउन बाँकी छ । त्यहाँ माइक्रो हाइड्रो सञ्चालनमा छ । विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने काम नियमित भइरहेको वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीप...

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको मंगलबार ऊर्जा, जलस्रोत […]

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरिन्।सन् २०१७ बाट निर्माण सुरु

विद्युत् विधेयक राष्ट्रिय सभामा पेस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले विद्युत् विधेयक बुधबार राष्ट्रिय सभामा पेस गरेकी छिन् ।गत वर्षको १८ असारका दिन तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले संसद सचिवालयमा दर्ता गरेको विधेयक एक वर्षपछि राष्ट्रिय सभामा मन्त्री भुषालले पेस गरेकी हुन् । मुलुकको जलविद्युत् विकासका लागि महत्वपूर्ण मानिएको विद्युत् विधेयक २०६५ मा तत्कालीन मन्त्रिपरिषद्ले पारित गरेर संसद् पुगेको थियो […]