प्रतिनिधिसभा अन्तर्गत काभ्रे–२ मा भोट माग्न जनताका घरदैलोमा पुगेका एमाले नेता गोकुल बास्कोटाले आफ्नो उही पुरानै शैलीमा विपक्षीहरुलाई तल्लोस्तरको उपमा दिँदै आफू बलियो रहेको दाबी गरे । उनले गठबन्धन दल ‘स्यालहरुको झुण्ड’ रहेको र एमाले ‘हात्ती’ रहेको दाबी गर्दै आसन्न चुनावमा काभ्रे–२ मा ‘स्यालहरुको झुण्ड’ले हात्ती लडाउन नसक्ने जिकिर गरे ।चुनावी घरदैलो अभियानमा रहेका बास्कोटालाई काभ्रेको मण्डनदेउपुरको हिउवापाटीदेखि पछ्याउँदा उनको भोट माग्ने