काठमाडौं : कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत आइतबार (पाँचौं दिन) मुलुकभर ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रबाट २३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन्। आजसम्म कुल ८८ हजार ७ जनाले खोप लगाइसकेका छन्। पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५ र चौथो दिन १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका थिए।प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११,लुम्बिनीमा १० हजार ७ सय ६०