काठमाडौँः नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा दश लाख डोज आइतबार (फागुन ९) गते प्राप्त हुने भएको छ। २० लाख डोज खोप द्रुत गतिबाट खरिद गर्नेगरि यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। निर्णयको एक साताभित्रै पहिलो चरणको खोप प्राप्त हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…