काठमाडौँ । सरकारले विद्यार्थीलाई लक्षित गरेर विद्यालयबाटै कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यार्थीलाई विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । आज (आइतबार) बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए । […]