काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार गतिलो नभएको बताएका छन् ।
व्यावसायिक खेलको लागि माल्दिभ्समा रहेका किरणले फेसबुक स्टाटसमार्फत मुख्य प्रशिक्षक अलमुताइरीको गलत व्यवहार र शैलीका कारण खेलाडी दिक्क भएको आशय पनि प्रकट गरेका छन् ।
नेपाली टोलीका खेलाडी रोहित चन्दले जायज विषय उठाउँदा उनलाई बन्द प्रशिक्षणबाटै निकाल्नु गलत भएको किरणको भनाइ छ । उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीको पक्षमा समर्थन पनि जनाएका...