प्रेमिका र आमासँग माल्दिभ्समा छुट्टी मनाउँदै किरण चेम्जोङ

१८ साउन, काठमाडौं । विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन । तर नेपालका गोलकिपर किरण चेम्जोङ भने माल्दिभ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् । भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् । […]

सम्बन्धित सामग्री

किरण राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अर्को महिना दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा सामेल भएका छन् । व्यवसायिक फुटबलका लागि माल्दिभ्समा रहेका किरण सोमबार स्वदेश फर्केका थिए । उनी मंगलबारबाट टोलीको प्रशिक्षणमा सामेल भएपनि नेपाली सेनाको लगनखेलस्थित मैदानमा औपचारिक रुपमा भने बुधबारबाट अभ्यासमा सामेल भएका छन् […]

किरण फेरि आई लिग खेल्दै

नेपाली गोलकिपर किरण चेम्जोङ भारतको आई लिग क्लब राउन्डग्लास पन्जावमा एक सिजनको लागि अनुबन्धित भएका छन् । माल्दिभ्समा माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनबाट धिवेही प्रिमियर लिग र एफए कपको उपाधि जितेलगत्तै उनले आई लिग खेल्ने निश्चित गरेका हुन् ।

माल्दिभ्समा किरण उत्कृष्ट गोलकिपर, उपाधि जितेपछि प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाडौं, साउन १७ । नेपाली राष्ट्रिय फूटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् । माजिया स्पोर्ट्स एण्ड रिक्रियसनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका किरणले लिगमा दोस्रोपटक उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट लिगसँगै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका […]

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक भएका छन् । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रूपमा दोस्रो लिग उपाधि जितेका हुन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । […]

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक भएका छन् । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेका हुन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । […]

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक बनेका छन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा […]

गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिमले माल्दिभ्समा जित्यो उपाधि

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) को टिमले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेको छ । शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो । माजियाको जितमा स्पेनिस  खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग

अलमुताइरीले खेलाडीलाई गरेको व्यवहारप्रति मेरो असन्तुष्टि छ : किरण चेम्जोङ

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार गतिलो नभएको बताएका छन् । व्यावसायिक खेलको लागि माल्दिभ्समा रहेका किरणले फेसबुक स्टाटसमार्फत मुख्य प्रशिक्षक अलमुताइरीको गलत व्यवहार र शैलीका कारण खेलाडी दिक्क भएको आशय पनि प्रकट गरेका छन् । नेपाली टोलीका खेलाडी रोहित चन्दले जायज विषय उठाउँदा उनलाई बन्द प्रशिक्षणबाटै निकाल्नु गलत भएको किरणको भनाइ छ । उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीको पक्षमा समर्थन पनि जनाएका...

मैत्रीपूर्ण खेलपछि कप्तान चेम्जोङ माल्दिभ्स प्रस्थान

काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्समा व्यवसायिक फुटबल खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलिरहेका छन् । उनी नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका थिए । […]

मौरिससविरुद्ध खेल्न कप्तान किरण स्वदेश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – मौरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुधबार स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरणलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले स्वागत गरेका थिए । उपाध्यायका अनुसार आज आफ्नै घरमा बसेका किरणको बिहीबार पिसिआर परिक्षण गराइने र त्यसको नतिजाका आधारमा राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल गराइनेछ । माल्दिभ्समा […]