चीनसँग हतियार खरिद गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित्, भारतले गर्यो बेवास्ता !

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अनिश्चित् बनेको छ। प्रधानमन्त्रीको सचिवालयले यसअघि बैशाखको तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाने बताउँदै आएको भएपनि भारतले भने उनलाई स्वागत नगर्ने संकेत देखाएको छ । खासगरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीको लागि नै परराष्ट्रमन्त्रीमा एन.पी. साउदलाई नियुक्त गरिएको थियो । साउदले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

प्रहरीलाई हतियार खरिद गर्न देउवा सरकारले नै दिएको थियो स्वीकृति

प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभाको अर्थ समितिलाई बुझाउन तयार गरेको गोप्य विवरणमा समावेश एक पत्रमा २०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएको उल्लेख छ ।

हतियार खरिदबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौला खरेलले प्रहरीलाई हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले हतियार खरिदका लागि ठूलो रकम छुट्ट्याइएको तथा चीन र भारतबाट ल्याउने तयारी भइरहेको विषय सार्वजनिक भएकाले प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताइन् । “प्रधानमन्त्रीज्यूले बाहिर कुनै कोठामा...

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

अहिले हतियार किन्ने निर्णय गरेकै छैन : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो । देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको जवाफ मागेका थिए । जवाफमा देउवाले अहिले हतिय...

सरकारले हतियार खरिद गर्ने निर्णय गरेको छैन– प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार खरिद गर्ने निर्णय नगरेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देउवाले सरकारले हतियार किन्ने बारे निर्णय नगरेको स्पष्ट पारेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देशसञ्चारलाई जानकारी दिए। बैठकमा नेताहरु अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि करोडौँ रकम रकमान्तर गरेको छ […]

प्रधानमन्त्रीले भने- हतियार किन्ने केन्द्रीय सरकारको योजना छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने केन्द्रीय सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकमा गोपालमान श्रेष्ठले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको बताएका हुन् । देवाको भनाइ थियो, ‘हतियार किन्ने त्यो कुरा गलत हो । हतियार खरिद गर्ने केन्द्रीय सरकारको कुनै योजना छैन ।’ […]

सरकारले बाँकी छाडेन केहीथोक, बन्दुकमा नि कमिशनको लोभ

काठमाडौं।नेकपा एमालेका सांसद खगराज अधिकारीले हतियार खरिद गर्न सुरक्षा निकायले माग गरेकोमा औचित्यसहित सरकारले संसदमा जानकारी दिनुपर्ने माग गरेका छन्।उनले विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा बजेटमार्फत नभएर बजेट रकामान्तर गरेर हतियार खरिद गर्नुपर्ने आवश्यकता किन भयो भन्नेबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले जानकारी दिनुपर्ने बताएका हुन्।

हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेको छ। युवा संघले मंगलबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। हतियार खरिद गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। मसाल जुलुस निकाल्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाइएको थियो।

अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको मात्रै संलग्नतामा बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर नभएको दाबी गरेका छन् । सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् । ‘हतियार खरिद अर्थमन्त्रीले मात्रै न गर्न सक्छ न बजेटमा यत्रो बदमासी गर्न सक्छ ?’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी छ ।  उनले मुलुकको आर्थिक अवस्था यही ढंंगले जाने हो भने नेपाल पनि श्रीलङ्का भन