नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको मात्रै संलग्नतामा बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर नभएको दाबी गरेका छन् । सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् । ‘हतियार खरिद अर्थमन्त्रीले मात्रै न गर्न सक्छ न बजेटमा यत्रो बदमासी गर्न सक्छ ?’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी छ । उनले मुलुकको आर्थिक अवस्था यही ढंंगले जाने हो भने नेपाल पनि श्रीलङ्का भन