काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।
देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको जवाफ मागेका थिए । जवाफमा देउवाले अहिले हतिय...