रामचन्द्र पौडेलले भने- ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री रहन योग्य नभएको बताएका छन्।

सम्बन्धित सामग्री

प्रचण्डलगत्तै रामचन्द्र पौडेलले पनि भने : अब गठबन्धन टुट्यो

काठमाडौं, १० पुष ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन टुटेको बताएका छन् । यसअघि बालुवाटारबाट निस्किने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटेको बताएका थिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रचण्डले कांग्रेसकै कारण गठबन्धन टुटेको बताएका हुन् ।

रामचन्द्र पौडेलले गरे मतदान

४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् । रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

रामचन्द्र पौडेलले भने – ओलीबाट जघन्य अपराध भएको छ

सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताउनु भएकाे छ । वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताउनु भयाे । नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयाे ।

रामचन्द्र पौडेलले मागे माफी

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीबासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत माफी माग्दै पौडेलले लेखेका छन्, ‘गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपूरक हुन् र एक अर्काले […]

रामचन्द्र पौडेलले गरे मतदान

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन्।तनहुँ व्यास नगरपालिका-२ सत्यवती माध्यमिक विद्यालय केन्द्र ‘ख’बााट उनले मतदान गरेका हुन्।

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

नेपाल काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति निकालेर पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा

देउवालाई रामचन्द्र पौडेलले दिए बधाई

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । बुधवार एक शुभकामना सन्देश जारी गर्दै पौडेलले सबैलाई समेटेर सशक्त एवं एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् भन्ने शुभकामना समेत दिएका छन् । राष्ट्रिय र पार्टी जीवनको इतिहासमा अहिले अत्यन्तै गम्भीर मोडमा रहेको भन्दै उनले दुवै संकटबाट देशलाई पार लगाउनु आजको आवश्यकता भएको बताएका छन् । हेर्नुहोस्, पौडेलको शुभकामना :

महाधिवेशन प्रतिनिधिका लागि रामचन्द्र पौडेलले राखे चियापान कार्यक्रम

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान कार्यक्रम गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार मंगलबार ८ बजे लैनचौर ब्यान्क्वेटमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान राखेका हुन्।  संस्थापन इतर समूहमा सभापतिका...

रामचन्द्र पौडेलले कुनै पदमा उम्मेदवारी दिएनन्

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि पदमा उम्मेदवारी दिएका छैनन्। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि समय तोकिएको थियो। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा नेता पौडेल भने कतै देखिएनन्। उनले आफू सभापतिको उम्मेदवार नबन्ने यसअघि नै  जानकारी गराइसकेका थिए। तर उनले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिएनन्। संस्थापनइतर […]

सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।