रामचन्द्र पौडेलले भने – ओलीबाट जघन्य अपराध भएको छ

सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताउनु भएकाे छ । वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताउनु भयाे । नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयाे ।