आफूलाई कहिले डाक्टर त कहिले केन्द्रीय स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी बताएर १७ महिलालाई आफ्नो जालमा फसाएर उनीहरुसँग विवाह गर्ने र पैसा ठग्ने एक धूर्त व्यक्तिलाई भुवनेश्वरी प्रहरीले पक्राउ गरेको छ ।६६ वर्षका रमेश चन्द्र स्वाईंलाई अबेर राती भुवनेश्वरीको खन्डगिरी इलाकाको एक अपार्टमेन्टबाट पक्राउ गरियो र सोमबार त्यहाँका सब डिभिजनल ज्युडिशियल मजिस्ट्रेटले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।चिल्लो चाप्लो कुराले महिलालाई फसाउले रमेशमाथि ८ राज्यका १७ महिलाले धोकायुक्त विवाह गरेको र उनको पैसा ठग