प्रधानसेनापति शर्माद्वारा चिसापानीगढीको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको आज एक समारोहकाबीच शिलान्यास गरेका छन् ।

सम्बन्धित सामग्री

ढोलठाना दरबारमा पूर्वाधार निर्माण

म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विसं १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छः  मन्त्री बस्नेत

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए। उनले भने, “कतिपय योजना […]

सरकारले ल्यायो वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

काठमाडौँ । गत माघ ९ गते चितवनको भरतपुरमा निमार्णाधिन सडकको नालीमा परेर दुलर्भ एकसिङ्गे गैंडा मर्‍यो । सडक विस्तारको क्रममा पुर्‍याउनुपर्ने आवश्यक मापदण्ड एवम् प्रक्रियामा लापरवाही गरिँदा नेपालको शानका रूपमा रहेका गैंडाले अकालमा ज्यान गुमाउनु पर्‍यो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्कन नसक्दा अकालमा ज्यान गुमाउनु परेको थियो । पशु अधिकारकर्मीले लापरवाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण पटकपटक यस्ता घटना दोहोरिएको भन्दै आपत्ति जनाएका थिए । वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रमा हुने कुनै पनि भौतिक निर्माण वन्यजन्तुमैत्री हुनुपर्ने माग उठ्दै आएको छ । गैंडाको मृत्युपछि दोषीलाई कारवाही हुनुपर्ने माग उठेको थियो । सरकारले गैंडा मृत्युका सम्बन्धमा छानबिन समिति पनि बनायो । निर्माणाधिन गोन्द्राङ–पुलचोक सडकखण्डमा भएको उक्त दुर्घटनाका सम्बन्धमा छानबिनका लागि वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले माघ २३ गते प्रतिवेदन बुझाइसकेको छ । अकालमा गैंडा मरेपछि चौतर्फीरूपमा सरकारलाई दबाव पर्‍यो । सोही दबावका कारण अब निर्माण हुने कुनै पनि भौतिक संरचना थप वन्यजन्तुमैत्री हुनुपर्ने निष्कर्षका साथ एक निर्देशिका जारी भएको छ । वन तथा वातारण मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो । सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकामा पूर्वाधार निर्माण गर्दा आइपर्ने जोखिमको न्युनीकरण एवम् वन्यजन्तुमैत्री हुनुपर्ने उल्लेख गरेको छ । रासस

‘मौरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग चिटिक्क परेको छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने उक्त ट्रेलमा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकलाई सहज भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिनेगरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट विनियोजन भएको करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण शुरू भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियोे । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित मानिन्छ । त्यसैले यसको व्यापक प्रचार प्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत गरिएको उनले बताए । यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामको रूपमा विकास गर्न लागिपरेको जानकारी उनले दिए । हर्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । आधार शिविरको भ्रमण, हिमाल आरोहणसँगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन् । अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमाल आरोहण गरेका थिए । अहिले गत असारयता मात्रै करिब ७०० भन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगेको अनुमान गरिएको छ । नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविरसम्म पदमार्ग लगायत पूर्वाधार निर्माण गरिएको छ । हालसम्म ढुंगा चिनेर ६ हजार ५०० ओटा खुट्किलाको सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष समेत रहेका गुरुङका अनुसार २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माणले पूर्णता पाउन लागेको छ । ३८ मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विष्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिए । पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ ठाउँका खोलामा झोलुंगे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ ।

चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास, यस्तो छ गढीको इतिहास

ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३ करोड ७ लाख एक हजार रुपैयाँको लागतमा ऐतिहासिक चिसापानी गढीको संरक्षणका लागि पूर्वाधार निर्माण कार्य बुधबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका हुन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा सोही गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तर्जुमा गरिएको गाउँपा

सुरु भो चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण, प्रधानसेनापतिद्वारा शिलान्यास

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उहाँले आज शिलान्यास गर्नुभएको हो । प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त …

ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्त्वका गढीहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट

बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजना फाइल स्वीकृत

महोत्तरी– वातावरणीय प्रभाव मूल्यांकनलाई कारण देखाउँदै लामो समयदेखि प्रदेशमा रोकिएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश सरकारबाट स्वीकृत भएको छ । प्रदेशको वन तथा भू–संरक्षण कार्यालय र वन डिभिजन कार्यालयबाट स्वीकृत भएको उक्त फाइल केन्द्र पठाइसकिएको र छिट्टै पूर्वाधार निर्माण प्रक्रिया विधिसम्मत ढंगले अगाडि बढ्ने आयोजना प्रमुख देवीप्रसाद सुवेदीले बताए । पूर्वाधार निर्माणका […]

ऐतिहासिक चिनाकोटमा पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित ऐतिहासिक स्थल चिनाकोटमा पूर्वाधार निर्माण गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ बजेटमा स्थानीयले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरेका हुन् । चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिए । ‘सेप्रेको मुहानबाट तीन वटा इन्टेक, ४ हजार ५०० लिटर क्षमताका दुई वटा रिजर्भ ट्यांकी बनाएर २ हजार ५ सय मिटर पाइपबाट ल्याइएको पानी उपभोगका लागि एक धारा बनाएका छौं’, उनले भने, ‘दायाँबाँया दुवैतर्फ रेलिङसहितको ९० मिटर पक्की र ७५ मिटर ढुंगाको सिँढी भएको पदमार्ग निर्माण गरेका छौं ।’      सार्वजनिक शौचालय पनि निर्माण गरिएको छ । पूर्वाधार निर्माण भएपछि अप्ठ्यारो र भिरालो ठाउँमा जोखिम मोलेर हिँड्नुपर्ने, पिउने पानी बोकेर जानुपर्ने, शौचालयको समस्यासमेत हटेको उपभोक्ता समितिका सचिव कमल रोकाले बताए । ‘बस्तीदेखि टाढा र उच्च स्थानमा रहेको चिनाकोटमा पिउने पानीको समस्या थियो’, उनले भने, ‘खानीगाउँ, दुर्दी, बाहुन पँधेरा र थर्पुका ५३ जनाले दुई महिनासम्म श्रम गरेर पूर्वाधार तयार पारेका हाैं ।’      भू–तथा जलाधार व्यवस्थापन कार्यालयको यहाँस्थित सम्पर्क एकाइका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा २० लाख बजेट विनियोजन भएकामा आयोजना व्यवस्थापन खर्चबापतको ८० हजार घटाएर १९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।      समुद्री सतहदेखि २ हजार २०० मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे चौबीसे राज्यका पाला दरबार थियो । ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित राखिएको छ । यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नावशेष छन् ।      चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसको महत्वबारे प्रचार–प्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन जोड दिइएको चिनाकोट युवा क्लबका अध्यक्ष गमश रोकाले बताए । चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुविधा छ । झाँक्रीपानीमा होमस्टे (घरबास) सुविधा पनि छ । गाउँपालिकाले दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र सामुदायिक भवन निर्माण गरेको छ । बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ । झाँक्रीपानी र चिनाकोटलाई पदमार्गले जोडिएको छ । रासस

तातोपानी कुण्डमा पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्ड संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताए ।      ‘प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ,’ उनले भने, ‘पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पोखरीलाई ट्रस पाइप राखेर जस्ताले छाइएको छ ।’      २५ लाख लागत अनुमान गरिएको यो आयोजना निर्माण गर्न उत्तरगंगा निर्माण सेवाले १७ लाख ७४ हजार ९५८ मा ठेक्का लिएको थियो । सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले बताए । यसैगरी पाउद्वार तातोपानी कुण्डमा पनि दुईओटा पोखरी र ट्रसले छाएको टहरा निर्माण गरिएको छ । पीसीसी ढलान गरिएको पोखरीको भित्तामा टायल राखिएको छ । २० लाख लागत अनुमान गरिएको यस योजना निर्माण गर्न बीएनबी कन्ट्रक्शनले १४ लाख ६८ हजारमा ठेक्का लिएको थियो ।      निर्माण कम्पनीले सम्झौताअनुसारको काम सकेर अन्तिम भुक्तानी पनि लगिसकेको इञ्जिनियर भण्डारीले बताए । गाउँपालिकाबाहेक पाउद्वार तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिले पनि पूर्वाधार तयार पारेका छन् । रातोपानी र पाउद्वारका तातोपानी कुण्ड उपचारस्थलका रूपमा परिचित छन् । रासस