‘मौरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग चिटिक्क परेको छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने उक्त ट्रेलमा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकलाई सहज भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिनेगरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट विनियोजन भएको करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण शुरू भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियोे । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित मानिन्छ । त्यसैले यसको व्यापक प्रचार प्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत गरिएको उनले बताए । यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामको रूपमा विकास गर्न लागिपरेको जानकारी उनले दिए । हर्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । आधार शिविरको भ्रमण, हिमाल आरोहणसँगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन् । अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमाल आरोहण गरेका थिए । अहिले गत असारयता मात्रै करिब ७०० भन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगेको अनुमान गरिएको छ । नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविरसम्म पदमार्ग लगायत पूर्वाधार निर्माण गरिएको छ । हालसम्म ढुंगा चिनेर ६ हजार ५०० ओटा खुट्किलाको सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष समेत रहेका गुरुङका अनुसार २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माणले पूर्णता पाउन लागेको छ । ३८ मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विष्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिए । पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ ठाउँका खोलामा झोलुंगे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ ।

सम्बन्धित सामग्री

सुगम बन्यो ‘मौरिस हर्जोग ट्रेल’

म्याग्दी : प्रशस्तै पर्यटकीय सम्भावना रहेको  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग अब सुगम बनेको छ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकहरुलाई सुविधा पुग्नुको साथै यात्रा पनि सहज भएको हो।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर

अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारालगायतका पूर्वाधार निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयबाट विनियोजन करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको […]

अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारालगायतका पूर्वाधार निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयबाट विनियोजन करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको […]

अन्नपूर्ण आधार शिविरः ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण

–कमल खत्री बेनी, १२ मङ्सिर : म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु दुई करोड ८० […]