जानकी टेक्नोलोजी र एकएक पाइला फाउन्डेसनबीच सहकार्य

जानकी टेक्नोलोजीले एसएमएस सेवामार्फत नेपालमा स्वास्थ्य सेवा सक्षम बनाउन एकएक पाइला फाउन्डेसनसँग सहकार्य गरेको छ।...

सम्बन्धित सामग्री

जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड

काठमाडौं । जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई भारतमा ‘प्रोफेशनल एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । आम आदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र लभली प्रोफेशनल युनिभर्सिटीका कुलपति रश्मी मित्तलले थापालाई उक्त अवार्ड प्रदान गरेका हुन् । प्राविधिक तथा दूरसञ्चार भीएएसको क्षेत्रमा व्यावसायिक उत्कृष्टता देखाएको भन्दै थापालाई सम्मान गरिएको हो । ‘प्रोफेशनल एक्सिलेन्स अवार्ड पाउँदा म हर्षित छु,’ थापाले भने, ‘यो मान्यता जानकी टेक्नोलोजी, स्प्यारो एसएमएसमा सम्पूर्ण सदस्यको कडा परिश्रम र समर्पणको प्रमाण हो ।’

जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई  प्रोफेशनल एक्सिलेन्स अवार्ड

काठमाडौं । जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा प्रोफेशनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ ।  आम आदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र लभली प्रोफेशनल युनिभर्सिटीका कुलपति रश्मी मित्तलले थापालाई उक्त अवार्ड प्रदान गरेका हुन् । प्राविधिक तथा दूरसञ्चार VAS को क्षेत्रमा व्यावसायिक उत्कृष्टता देखाएको भन्दै थापालाई सम्मान गरिएको हो ।  ‘प्रोफेशनल एक्सिलेन्स अवार्ड पाउँदा म सम्मानित छु,’ मनोज थापाले भने, 'यो मान्यता जानकी टेक्नोलोजी, SPARROW SMS मा सम्पूर्ण सदस्यको कडा परिश्रम र समर्पणको प्रमाण हो । हामी हाम्रा ग्राहकहरूलाई टेलिकम्युनिकेसन VAS स्पेसमा अत्याधुनिक समाधानहरू प्रदान गर्न जारी राख्नेछौं ।'   थापाले सन् २०१५ मा लभ्ली प्रोफेशनल युनिभर्सिटीबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (MBA) पूरा गरे । त्यसपछि उनी सन् २०२२ मा जानकी टेक्नोलोजी, SPARROW SMS मा प्रवेश गरे । उनी टेलिकम्युनिकेसन VAS स्पेसमा अग्रगामी नवीन उत्पादनहरूमा कम्पनीको नेतृत्व गर्दै आएका छन् । उनको नेतृत्वमा जानकी टेक्नोलोजी, SPARROW SMS द्रुत रूपमा बढेको छ । र, नेपालमा टेलिकम्युनिकेशन VAS समाधानहरूको एक अग्रणी प्रदायकको रूपमा स्थापित भएको छ ।     लवली प्रोफेशनल युनिभर्सिटी भारतको अग्रणी विश्वविद्यालयहरू मध्ये एक हो, जुन आफ्नो उत्कृष्टता र नवीन सोचलाई बढावा दिने प्रतिबद्धताका लागि परिचित छ । साथै विश्वविद्यालय प्रतिभाशाली व्यक्तित्व उत्पादन गर्नको लागि प्रसिद्ध छ, जो आफ्नो क्षेत्रमा योग्य र सफल छन् ।

‘आईसीटी २०२२’ अवार्ड जानकी टेक्नोलोजीलाई

काठमाडौँ– मधेस प्रदेश सरकार, अर्थ मन्त्रालयले जानकी टेक्नोलोजी प्रा.लि.लाई एक्सलेन्ट फर ईन्नोभेशन इन ईमर्जीङ सेक्टर अफ द प्रोभिन्स ‘आईसीटी २०२२’ अवार्ड प्रदान गरेको छ । क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार प्रदान गरेको हो । अवार्ड समारोह एसइईपी, सीएनआई, युके, एआइडी, स्वदेशीले साउन १६ गते […]

एसईईको नतिजा प्रकाशन, यस्ता छन् रिजल्ट हेर्ने १३ तरिका

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा लिईएको एसईई परीक्षाको नतिजा आज बुधबार प्रकाशन गरेको हो । यस वर्ष ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए । यस पटक जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले पनि एसईई दिएका थिए। बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट , एसएमएस र आइभिआरबाट हेर्न सकिने ब्यबस्था गरेको छ। बोर्डले एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्थालाई अनुमति दिदै नतिजा हेर्न सकिने ब्यबस्था गरेको हो। जस अनुसार जानकी टेक्नोलोजी प्रा.लि., इजी सर्भिस प्रा.लि., र आकाश टेक प्रा.लि.ले एसएमएस सेवा बाट नतिजा दिने छन् भने नेपाल टेलिकमले एसएमएस र आईभीआर दुवै मार्फत नतिजा दिने छ। नतिजा हेर्नको लागि जानकी टेक्नोलोजीको सर्ट कोड ३५००१, इजी सर्भिसको सर्ट कोड ३४९४९ , आकष्ण टेकको सर्ट कोड ३१००३ र नेपाल टेलिकमको सर्ट कोड १६०० रहेको छ। यी नम्बरमा आफ्नो सिम्बल नम्बर टाईप गरेर पठाएर नतिजा हेर्न सकिने छ । त्यस्तै टेलिकमले आईभीआर सेवा पनि दिने भएकोले १६०० मा कल गरेर त्यहाँ आउने निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने छ ।वेबसाइट अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट www.neb.gov.np, स्प्यारो पे प्रा.लि.को वेबसाइट www.khalti.com, नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.को वेबसाइट www.neemaacademy.com, कान्तिपुर पब्लिकेशन लि.को वेबसाइट www.results.ekantipur.com, द कनेक्ट प्लस प्रा.लि.को वेबसाइट www.theconnectplus.com, इडियु संजालको वेबसाइट www.see.edusanjal.com, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र रिडर्स पोइन्ट प्रा.लि.को वेबसाइट www.admissionnepal.com बाट पनि नतिजा हेर्न सकिने छ ।

१२ औं वार्षिकोत्सव मनाउँदै अग्रणी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएस

स्प्यारो एसएमएसले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ । यो दिनलाई स्पारो डेको रुपमा पनि मनाइन्छ । जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस सेवा प्रदायक हो । स्प्यारोले १० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ र विस्तार गर्न जारी छ। स्पारो एसएमएसले सरकारी संस्थाहरूलाई र आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि...

जानकी टेक्नोलोजी र एक पायला फाउन्डेसन बिच स्वास्थ्य अवस्था सुधारका लागि सहकार्य

जानकी टेक्नोलोजीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ ।  एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो । एक एक पाइला ले बिशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र...

जानकी टेक्नोलोजी र एक एक पाइला फाउन्डेसनबीच सहकार्य

काठमाडौँ – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजी (स्पायरो एसएमएस) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गतिविधिहरुका लागि एकएक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ। एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो। एक एक पाइलाले विशेषत: नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। एक एक पाइला […]

जानकी टेक्नोलोजी र एक एक पाइला फाउन्डेसनबीच सम्झौता

काठमाडौं । जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । जानकी टेक्नोलोजीले स्प्यारो एसएमएसमार्फत सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइलासँग सहकार्य गरेको […]