काठमाडौँ, ३ जेठ । स्थानीय निर्वाचनको पर्यवेक्षणमा संलग्न विभिन्न संस्थाले आगामी निर्वाचनमा मतपत्रको विद्यमान ढाँचालाई परिमार्जन मतदातामैत्री बनाउन सुझाव दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) ले आज विज्ञप्ति जारी गरी उम्मेदवार नभएको दलको वा व्यक्तिको चुनाव चिन्ह मतपत्रबाट हटाउन …