सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्दै बीमा बोर्ड, सुझाव मागियो

बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।