परेली चलनले खेतीमा सहयोग

धनकुटा : धनकुटा र भोजपुरका फाँटका कृषक यतिबेला मकै छर्न व्यस्त छन।हरेक बस्तीका युवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन भएर गाउँघर सुनसान भइरहेको बेला धनकुटाको अखुवाटार र भोजपुरको मझुवाटारका कृषक भने परेलीमा जुटेर सिजन अनुसारको खेती बाली लगाउन सक्रिय छन्।खेतबारीमा काम गर्दा एक घरको काम सकिन साथ अर्को घरको काम गर्न जानुलाई परेली भनिन्छ।पछिल्लो समय यो चलन लोप हुँदै गइरहेको छ।तर, धनकुटाको अखुवाटार र भोजपुरको मजुवाटारका कृषक भने परेलीमा जुटेर काम गरिरहेका छन्।स्थानीय शब्दमा गुहार भनिने परेलीमा द

सम्बन्धित सामग्री

तरकारी खेतीमा जलवायुमैत्री प्रविधि अपनाउँदै दैलेखका कृषक

दैलेख-जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने अभियानमा समेत स्थानीय सक्रिय छन् । डिसिए नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना र युरोपियन युनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल नेपाल, डिसिए नेपाल, लिवर्ड, […]

ताप्लेजुङका किसान जडीबुटी खेतीतर्फ आकर्षित

ताप्लेजुङ फुङलिङ नगरपालिकाका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्न डिभिजन वन कार्यालयले अनुदान सहयोग गरेपछि किसानहरु उत्साहित भएका हुन् । जडीबुटी खेतीका लागि डिभिजन...

पर्याप्त सिँचाइ र प्राविधिक सहयोग नहुँदा आँप खेतीमा समस्या

सर्लाही : सबैभन्दा बढी आँप खेती हुने अत्रौली र सासापुरका किसानलाई सिँचाई र प्राविधिक सहयोगको अभावमा खेती गर्न समस्या भएको छ।सयौँ हेक्टरमा लगाइएको यस क्षेत्रको आँप खेतीमा यतिबेला पानीको अभावमा बतिला झर्ने समस्या भइरहेकाे किसानहरुले गुनासो गरेका छन्।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हरिवन–१, २, ३ र ४ साविकको अत्रौली र सासापुर गाविसका अधिकांश किसानले व्यावसायिक रुपमा आँप खेती गर्दै आएका छन्।हरिवन–३ डाबरीका स्थानीय किसान ज्ञानबहादुर पुलामीले २ बिगाहा क्षेत्रफलमा व्यवसायिक रुपमा आँप खे

अर्ग्यानिक तरकारी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान

चैत ४, भोजपुर । जिल्लाका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन  उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिए । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्ग्यानिक खेती गरिरहेका छन् । उनले भने, ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अग्र्यानिक खेती थालेका छौँ । हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानिक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेका छौँ ।’ किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादिको रूपमा प्रयोग गर्ने गरेका छन् ।   कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको  उनले बताए । मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन् ।  विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरु अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादिका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्राङ्गरिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् ।  तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङ्गरिक खेती प्रवर्द्धन अभियान कार्यक्रमअन्तर्गत खेतीको थालनी भएको हो । रू. १० लाख लागतमा दुईओटा कलस्टर बनाएर प्याउली र सिमटारमाका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ । केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौँ । अग्र्यानिक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अर्ग्यानिक खाद्य बालीको मागलाई केही हदसम्मका पूरा गर्नेमा हामी ढुक्क छौँ ।’ रासस

भारतीय किसानलाई अब ड्रोनले सघाउने, यस्ता छन् अन्य सुविधा

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट घोषणा गर्दै किसानलाई ड्रोनले सघाउने घोषणा गरेको छ । केन्द्रीय सरकारकी वित्त मन्त्री निर्मला सीतारमणले खेतीमा ड्रोन प्रयोग गर्ने घोषणा गरिन् । उनका अनुसार अब भारतीय कृषकलाई खेती गर्दा ड्रोनले सघाउने छ । ड्रोनले खेती उत्पादनको मूल्याङ्कन, किटनाशक औषधी छिट्न सहयोग तथा भूमि अभिलेख लगायतका काम गरिने सरकारी घोषणा छ ।यसका साथै, किसान र कृषि खेतीलाई भारत सरकारले प्राथमिकतामा राखेर बजेट भाषण गरेको छ । यसका साथै, भारतीय किसानलाई हाइटेक र प्रविधियुक्त बनाउने मोदी सर

मूल्य नपाउँदा अदुवा बारीमै

बोगटान क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमाम सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको किसानको गुनासो छ।...

ड्रागन खेतीमा किसानको आकर्षण

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो […]

स्याङ्जामा यस वर्ष कोदो खेतीमा वृद्धि

भ्दौ ३१, स्याङ्जा  । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना संक्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ ।  जिल्लामा कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ । किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ । मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो । स्वास्थ्यका लागि निकै राम्रो र पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो । किसानले यस वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रसस्त भएकाले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो । कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवर्द्धक खाद्य बालीका रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताए ।  किसानले यस वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उनले जानकारी दिए । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पुर्‍याउने भए पनि कोदो खेतीमा बाँदरले समेत कम क्षति पुर्‍याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताए ।  हमालले भने, ‘मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जंगली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।’ गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उनले बताए । आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८/०७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।  यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताए ।  अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ । रासस

तरकारी खेतीमा अनुदान

व्यावसायिक तरकारी खेतीमा आकर्षण बढाउन किसानलाई अनुदान उपलब्ध गराइएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको क्षेत्रफलमा आधारित तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका किसानलाई अनुदानस्वरूप रकम उपलब्ध गराइएको हो ।

मकै छाडेर सूर्यमुखी खेतीमा पाल्पाका कृषकको आकर्षण

असार ३, पाल्पा । कुनै समय घरआँगनका डिल, वरपर, करेसाबारी, बगैंचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ । यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घरआँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् ।            मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्यवृद्धि हुँदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ । रामपुर नगपालिका–५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । उनले घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आएको भन्दै अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको बताए । अहिले उनको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ । यहाँ फुल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती, वृद्धवृद्धाहरू सबै उमेर समूहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।            अहिले यहाँ दैनिक ३०० भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउँछन् ।  उनले मकै बालीको उत्पादन लिंदै आएको पाँच रोपनी खेतमा यस वर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाएका छन् । कृषि ज्ञान केन्द्रको ६ लाख रुपैयाँ आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ५ को बेझाड खेतमा करीब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला भने यतिखेर मकैले भरिएका हुन्थे ।            आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् । अनुदानमा बीउ तथा सिंचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । प्रतिरोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेंलै सूर्यमुखी फुल्दा मनका पिरहरु खुशीमा परिणत भएको कृष्णकान्त पौडेल बताउँछन्।        तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकाले सूर्यमुखी खेतीलाई व्यावसायिकरूपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउँछिन् । मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि उनीहरु  व्यावसायिक तवरले नै यस खेतितर्फ आकर्षित भएका हुन् ।        रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले परीक्षणका रूपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउँछन् । रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडाध्यक्ष हिमाल मल्लले बताए ।            कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनोट गरी खेती शुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको बजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम शुरु गरिएको छ ।            दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन्। कृषकले क्षेत्र विस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञान केन्द्रले लगानी गर्ने उनको भनाइ छ ।      यस वर्ष रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञान केन्द्रले बताएको छ ।  एक बालीबाट तेब्बर उब्जनी लिन सकिने हुँदा पनि यस क्षेत्रमा कृषकको आकर्षण यसमा बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ ।            सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने र अर्कातर्फ बियाँबाट तेल आउने भएकाले व्यावसायिकतातर्फ कृषक लागेका हुन् । खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महीना फूल फुल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिने अनुभव यहाँका किसानको छ । यहाँ अरु किसानले पनि मकै छाडेर सूर्यमुखी फूलको खेती गर्ने सोच बनाएका छन् ।  रासस