ताप्लेजुङका किसान जडीबुटी खेतीतर्फ आकर्षित

ताप्लेजुङ फुङलिङ नगरपालिकाका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्न डिभिजन वन कार्यालयले अनुदान सहयोग गरेपछि किसानहरु उत्साहित भएका हुन् । जडीबुटी खेतीका लागि डिभिजन...

सम्बन्धित सामग्री

नेपालमा जैतुन खेती

जडीबुटी तथा विभिन्न मसलायुक्त खेतीका लागि नेपालको भौगोलिक बनावट निकै राम्रो मानिन्छ । चाहे बहुमूल्य केशर होस् चाहे ओखर, नेपालमा राम्रो उत्पादन हुने बालीमा पर्छन् । त्यस्तै यार्सागुम्बादेखि विभिन्न जडीबुटीलाई विदेशमा निर्यात गरेर वैदेशिक मुद्राको राम्रो स्रोत बनाउन सकिन्छ । अदुवा, बेसारदेखि चिया, कफी पनि नेपालमा राम्रो उत्पादन हुने र विदेशमा माग भएका कृषि उपजमा पर्छन् ।  भूमध्य सागरमा उत्पादन हुने जैतुन खेती नेपालमा पनि हुने र त्यसको प्रवर्द्धनका लागि सरकारले नेपालका लागि अर्जेन्टिनाका गैरआवासीय राजदूतसँग छलफल गरेको खबर सार्वजनिक भएको छ । नेपालको कृषि प्रणालीलाई सुधार गर्न एकातिर नयाँ प्रविधिको विकास गर्नु त छँदै छ भने अर्कोतर्फ अन्तरराष्ट्रिय बजारमा धेरै माग भएका र अन्यत्र सहजै उत्पादन नहुने खेतीलाई जोड गर्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसो भएकाले सरकारले सुदूरपश्चिम नेपालमा सम्भावना देखिएको जैतुन खेतीको उत्पादन र प्रवर्द्धनका लागि छलफल अघि बढाउनु सकारात्मक कुरा हो ।  तर, अहिलेसम्मको अवस्था हेर्दा दुर्भाग्य नै भन्नुपर्ने हुन्छ सरकारले गर्ने यस्ता छलफल, भेटघाटबाट खासै नतीजा निस्केको पाइँदैन । यतिसम्म कि निश्चित उद्देश्यका साथ शुरू गरिएका कृषिका कैयन् योजनाबाट लाभ नलिँदै अलपत्र पार्ने गरिएका उदाहरण थुप्रै छन् । उदाहरणका लागि प्याज मिशन कार्यक्रमलाई नै लिन सकिन्छ । सरकारले १ दशकअघि नै देशका विभिन्न स्थानमा प्याज मिशन कार्यक्रम शुरू गरेको थियो । तर, त्यो कार्यक्रम शुरू गरेको १/२ वर्षभन्दा अघि बढ्न सकेन । नेपालमा प्याज उत्पादन हुन नसकेका कारण त्यो कार्यक्रम अलपत्र परेको हो वा अन्य कारणले यसमा सरकारले अहिलेसम्म केही पनि बताएको छैन । मिशनको रूपमा अघि बढाइएको कार्यक्रमबाट किसान किन विरक्त भए ? किसानलाई आकर्षित गर्न के गर्नुपथ्र्यो ? आजपर्यन्त त्यसबारेमा कुनै जवाफ नपाइँदा जति महँगो भए विदेशी प्याज आयात गरेर उपभोग गर्नुपर्ने अवस्था विद्यमान छ । विदेशबाट कृषि उपज आयात गरिनु हुँदैन भन्ने होइन तर नेपालमै सम्भावना छ अथवा विदेशको तुलनामा राम्रो उत्पादन हुन सक्छ भने नेपालमा किन हुँदैन भन्ने कुरा सोच्नुपर्ने र त्यस्ता खेतीलाई प्रवर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।  यसैले जैतुनको उत्पादन र प्रवर्द्धनका लागि जुन छलफल अघि बढाइएको छ । त्यसलाई निक्र्योलमा पुर्‍याउने वा उत्पादन गरी विदेशी मुद्रा आयात गर्नेसम्म बनाउन विभिन्न योजना र कार्यक्रम तय गर्नु सरकारको दायित्वभित्र पर्छ । नेपालमा ठूलो संख्याका किसानलाई जैतुनको महत्त्व थाहा हुन नसकेको बेला यसलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन झन् थाहा हुँदैन । त्यसैले सरकारले अलिकति गम्भीर भएर जहाँ जेको सम्भावना छ, ती वस्तुको उत्पादनका लागि सहजीकरण गरिदिने अथवा त्यसको महत्त्व बुझाउने काम गरेमा मात्र देशको अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ । अहिले त देशमा तीन तहका सरकार छन् । तीन तहका सरकारसँग थुप्रै जनशक्ति पनि छन् । त्यसैले यो काम जुनसुकै सरकारले गर्न सक्ने देखिन्छ । मुख्य कुरा सरकारमा बस्नेहरूसँग केही काम गरेर देखाउने सोच र योजना हुनुपर्‍यो ।

भोजपुरका किसानको रोजाइमा सतुवा खेती

३ भदौ, भोजपुर . बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । शक्तिबर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर […]

भोजपुरका किसानको रोजाइमा सतुवा खेती

काठमाडौँ- बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । शक्ति वर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

डाबरको थप लगानीको सन्देश

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी अपेक्षित रूपमा नबढेको र यहाँ आएका विदेशी कम्पनीहरूले थप लगानी गर्न नखोजेको विश्लेषण भइरहँदा बहुराष्ट्रिय कम्पनी डाबर नेपालले लगानी थप्न लगानी बोर्डबाट स्वीकृति पाएको छ । यस्तो लगानीलाई सहजीकरण तथा प्रोत्साहन गर्न जरुरी छ भने यसको उदाहरण दिएर अन्य कम्पनीलाई लगानीका लागि आकर्षित गर्ने नीति पनि लिनु उपयुक्त हुन्छ । डाबरको थप लगानीले विदेशी लगानीकर्तामाझ नेपाल लगानीका लागि योग्य छ भन्ने सन्देश प्रवाह गर्ने अवसर मिलेको छ, जसलाई सरकारले उपयोग गर्न चुक्नु हुँदैन । डाबर नेपाल रू. ८ करोडको लगानीमा स्थापित विदेशी कम्पनी हो, जसले नेपालमा कमाएको लाभांश फिर्ता ज्यादै कम लगेको छ । यसमा डाबर इन्डियाको साढे सन्तानब्बे प्रतिशत लगानी छ भने नेपाली साझेदारको लगानी साढे २ प्रतिशतमात्रै छ । उसको मुनाफा अहिले ७ अर्बभन्दा बढी पुगेको छ जुन सञ्चित मुनाफा उसले थप लगानी गर्न लागेको हो । उसले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्न लगानी बोर्डबाट स्वीकृति पाएको हो । यसरी डाबरले नेपालमा लगानी बढाउँदा नेपालले थुप्रै फाइदा पाउने देखिन्छ । पहिलो त नेपालमा थप रोजगारी सृजना हुन्छ । डाबरले नेपालका किसानहरूलाई विभिन्न जडीबुटी खेतीका लागि सहयोग गरेको छ । बीउ र प्राविधिक ज्ञान दिने तथा किसानहरूबाट उत्पादित जडीबुटी किन्ने गरेको छ । यसले गर्दा नेपालका किसान लाभान्वित भएका छन् । अर्को, नेपालका जुडीबुटीले सजिलो बजार पनि पाएको छ । हुन त उसले सस्तोमा जडीबुटी किनेर भारत लगेको र महँगो उत्पादन नेपाललाई बेचेको आरोप लगाउनेको कमी पनि छैन । तर, उसले किनिदिने हो भने जडीबुटी त्यसै खेर जान पनि सक्छ । नेपाली व्यापारीले जम्मा गरेको जडीबुटी निकासा गर्न नसक्दा सढेर खेर गएको समाचारसमेत बेलाबखत आउने गरेको छ । त्यसैले उसले जडीबुटी किन्नुलाई पनि अन्यथाका रूपमा लिनु आवश्यक छैन । नेपालमा जडीबुटी प्रशस्त भए पनि प्रशोधित वा अर्धप्रशोधित रूपमा निर्यात गर्न सकेको छैन । यसकारण यसले उचित मूल्य पाएको छैन । यस्तोमा विदेशी कम्पनी नेपाल आउनु अन्यथा होइन । कुनै पनि विदेशी कम्पनी अर्को देशमा जानुमा मुख्यतया तीनओटा कारण हुन्छन् । पहिलो कारण स्रोतको खोजी हो । जहाँ स्रोत उपलब्ध हुन्छ त्यसको उपयोग गर्न विदेशी कम्पनीहरू अन्य देशमा जाने गर्छन् । त्यस्तै आवश्यक जनशक्ति उपलब्ध भएका देशमा पनि विदेशी कम्पनीहरू आउने गर्छन् । यसले कम्पनीको लागत कम पर्न जान्छ र तुलनात्मक रूपमा सस्तोमा उत्पादन गर्न सकिन्छ । अर्को जहाँ ठूलो बजार हुन्छ त्यहाँ विदेशी कम्पनीहरू जान्छन् । चीन र भारतमा ठूला बहुराष्ट्रिय कम्पनीहरूले लगानी गर्नुको कारण यही हो । नेपालमा डाबरले लगानी गर्नुमा यहाँको स्रोतको उपलब्धता एक हो जसलाई स्वाभाविक रूपमा लिनु पर्छ । ठूला कम्पनीहरूलाई आवश्यक पर्ने सहयोगी उत्पादन नेपालकै कम्पनीहरूबाट किन्न प्रोत्साहित गरिनुपर्छ । यसमा पनि विदेशी लगानी भित्त्याउन सकियो भने अझ बढी फाइदा लिन सकिन्छ । उद्योगहरूका लागि आवश्यक पर्ने प्याकेजिङ उद्योगहरूलाई सरकारले प्रोत्साहन नगर्दा समस्या भइरहेको छ । तर, यस्तो सहयोगी उद्योगलाई पनि प्रोत्साहन गर्ने नीति लिइनु आवश्यक छ । डाबरले मात्र होइन, अन्य केही विदेशी कम्पनीले पनि थोरै मात्रामा भए पनि लगानी थपेका छन् । तर, त्यसको प्रचार गरे अन्य विदेशी कम्पनीलाई नेपालमा आकर्षित गर्न भने नेपाल चुकेको छ । डाबरको थप लगानी वैदेशिक लगानीका लागि बजारीकरणको आधार हुन सक्छ । त्यसैले यस्ता कम्पनीहरूलाई नेपालमा आउन सरकारले सकेसम्म खुला नीति लिनुपर्छ र प्रोत्साहन गर्नुपर्छ । नेपालमा विदेशी कम्पनीले मुनाफा कमाए भने त्यसको विरोध गर्ने नकारात्मक सोच हाबी भएको पाइन्छ । यसले लगानीकर्तामाझ नकारात्मक सन्देश जान्छ । अहिले डाबरको थप लगानीले विदेशीलगानीकर्तामाझ नेपाल लगानीका लागि योग्य छ भन्ने सन्देश प्रवाह गर्ने अवसर मिलेको छ, जसलाई सरकारले उपयोग गर्न चुक्नु हुँदैन ।

नर्सरी खेतीमा किसान आकर्षित

जुम्ला । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनले बताए । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानुपरेको छैन । हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, बुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले बताएको छ । विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताए । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् । रासस

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैंची उत्पादन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका इन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न र सुकाउन भ्याइनभ्याइ छ । पाकेको अलैंची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैंची विक्री गर्दै आएका छन् । तिहारको बेला ताप्लेजुङका किसानलाई अलैंची घरमा भित्र्याउन चटारो छ । अलैंची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैंची चाँडो पाके पनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजंघा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैंची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिका रूपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैंची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए । ‘भूगोल अनुसारको जातको अलैंची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ,’ उनले भने । कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैंची खेतीतर्फ आकर्षित हुने गरेको उनको भनाइ छ । अलैंची विक्री गरी बर्सेनी जिल्लामा करोडौं रकम भित्रिने गरेको छ । अलैंचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैंची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैंची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैंची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा अलैंची उत्पादन गरिँदै आएको छ । रासस

जुम्लाका किसान ओखर खेतीमा आकर्षित

जेठ ८, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ ।  यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ । उनले यो वर्ष ओखरबाट ५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्य लिएको बताए ।             गत वर्ष झण्डै १ हजार स्याउका बिरुवा बेचेका बुढाले यस वर्ष ७००ओटा  ओखरका बिरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि १०० रुपैयाँ र ओखर प्रतिबिरुवा १ हजार रुपैयाँमा विक्री हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेका छन् । नर्सरीमा जङ्गली हाडे ओखरको मौज्दात प्रयोग गरिंदै आएको उनले बताए । जुम्लामा कुल १७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नवराज भण्डारीले बताए ।          पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करीब नौ हजार कृषकले ओखर खेती गरेको पाइन्छ । ओखर खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि बिरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ सफल हुने गरेको छ, अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमीनमा ओखर फलिरहेको छ । औसतमा एक रूखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको प्रमुख भण्डारीले बताए।             गत वर्ष यहाँ २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना  पाँचदेखि १० रुपैयाँसम्ममा विक्री गर्छन् । यस वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जात छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेलाई निरुत्साहित गर्नेलगायत काम भइरहेको छ ।             हालसालै टर्कीबाट आयात गरिएका बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रम पनि भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरणा परियोजनाले बतानाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा १ हजार १०७ हेक्टरमा ओखर खेती हुन्छ । ३५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करीब १ हजार ४०० मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ । रासस

सल्यानबाट २० करोडको जडीबुटी निकासी

सल्यान : सल्यानका किसान जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसानले जडीबुटीबाट मनग्य आम्दानी गर्न थालेपछि जडीबुटी खेती गर्न थालेका हुन्। टिमुर, रिट्ठा, तेजपातलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले यसको खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। डिभिजन वन कार्य...