मूल्य नपाउँदा अदुवा बारीमै

बोगटान क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमाम सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको किसानको गुनासो छ।...

सम्बन्धित सामग्री

उदयपुरका किसान भन्छन्- अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुर। उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन् । 'यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन', उनले भने ।कटारी-९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० रुपैयाँ भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताउँछन् । जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काले अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो  ४० देखि ५० रुपैयाँ सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । त्रियुगा नगरपालिका-१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, 'जिल्लाका अदुवा खरिदकर्ताले नै शुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा विक्री गर्न गाह्रो हुन्छ ।' उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महङ्गो मूल्यमा बाहिरका व्यापारीलाई विक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ । कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने,  'अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।' जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् । उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताए । उनका जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ ।  जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो  ८० देखि एक सय रुपैयाँ बताउँदै आएका छन् ।  - रासस

उदयपुरका किसानकाे गुनासाे : अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुर- उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् ।               जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरूले उत्पादन गरेको अदुवाले उचित मूल्य पा...

बजार नपाउँदा अदुवाखेतीबाट विमुख हुँदै सल्यानी किसान

सल्यान : नगदेबालीको रुपमा रहेको अदुवाको उत्पादन घट्दै जान थालेको छ।सल्यान बोसे जातको अदुवाले समेत परिचित रहेको छ तर उचित मूल्य नपाउँदा तथा समयमै बिक्री नहुँदा कृषकहरू अदुवा खेतीबाट विमुख हुँदै जान थालेका छन्। त्यसमाथि जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा पनि व्यावसायिक अदुवा खेती गर्ने किसानलाई बाली लगाउन छाड्नुपर्ने बाध्यता छ।किसान प्रतिकिलो २० देखि २५ रूपैयाँसम्ममा अदुवा बिक्री गर्न बाध्य भएका छन्। यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरे पनि भनेजस्तो मूल्य नपाएको शारदा नगरपालिका-

अधिक फल्यो तर बेचिएन अदुवा

जिल्लाको बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका किसानले लगाएको नगदे बाली अदुवाले उचित मूल्य नपाउँदा किसानले बेच्न सकेका छैनन्।...

अदुवाले मूल्य नपाउँदा कृषक मर्कामा

पाँचथर । अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् । भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् । गत वर्ष ९ सय रुपैया प्रतिमनसम्म बिक्री भएको अदुवा अहिले मुख्य सिजनमा समेत प्रति मन ५ सय रुपैयाँका दरले समेत बिक्री हुन नसकेको कृषक बताउँछन् […]

अदुवा कुहिन थालेपछि किसान चिन्तित

डोटी : काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन् ।  मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिरा…

डोटी - काँचाे अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान

डोटी – डोटीको बडीकेदार गाउँपालिका ४ का किसानहरूले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा र बेसार खेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको बडीकेदारमा प्रायः सबै किसानले याे खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा र बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडीकेदार ४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतका व्यापारीले मूल्य घटाउन...

भारतीय व्यापारीका कारण नाेक्सानी झेल्दै नेपाली अदुवा किसान

डोटी – जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन्। अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन्। यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा घटिबढी […]

अदुवाले मूल्य नपाउँदा किसान चिन्तित

किसानले उत्पादन गरेको अदुवाले बजार मूल्य नपाउँदा घरमै थन्किएको छ । बिचौलियाले सोचेजस्तो मूल्य नदिएपछि अदुवा घरमै थन्किएको हो । अदुवाले भनेजस्तो मूल्य नपाएपछि धेरैजसो किसानले बारीबाट संकलन पनि गरेका छैनन् ।

अदुवा र तेजपत्ताको उचित मूल्य नपाउँदा उदयपुरका कृषक मर्कामा

उदयपुर : अदुवा र तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका उदयपुरका कृषक उचित मूल्य नपाउँदा मर्कामा परेका छन्। उत्पादनको लागतभन्दा घटी मूल्य लिएर बेच्नुपरेपछि कृषक मर्कामा परेका हुन्। गएको वर्षभन्दा पनि यस वर्ष घटी मूल्यमा बेच्नुपरेको कृषकले दुखेसो गरेका छन्। कटारी नगरपालिका– १३ का मानबहादुर श्रेष्ठले भने, ‘उत्...