माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्ने

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही […]

सम्बन्धित सामग्री

चुनावमा चिनियाँ हस्तक्षेपबारे क्यानडाले छानबिन गर्ने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोेले चुनावमा चिनियाँ हस्तक्षेप भएको बारेमा छानबिन गर्ने बताउनुभएको छ । हालकैका चुनावमा चिनियाँ हस्तक्षेप भएको आरोप लागेपछि प्रधानमन्त्री ट्रुडोले त्यसबारेमा छानबिन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । क्यानडाका विपक्षी दलहरूले यस विषयमा स्वतन्त्र छानबिनको माग गरिरहेका थिए । छानबिनका लागि ट्रुडोले नियुक्त गर्ने अनुसन्धानकर्ताहरुले सन् २०१९ र २०२१ को आम चुनावसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आउँदो चुनावका लागि सुझाव दिने बीबीसीको खबरमा उल्लेख छ । यता क्यानडाका विपक्षी दलहरूको आर...

जसपाद्वारा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस

आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ । उक्त कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । …

चुनावमा अन्तर्घात गर्ने ८० जनालाई जसपाले गर्‍यो कारबाहीको सिफारिस

आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ।...

पालिका चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न माओवादीद्वारा समिति गठन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीको बैठकले पालिका चुनावमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।  आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पालिका चुनावमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टङ्क राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।  कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै चुनावमा अन्तर्घात गरेको भन्ने आवाज उठ...

चुनावमा अन्तर्घात गर्ने नेता/कार्यकर्तामाथि छानबिन गर्न एमालेले बनायाे समिति

काठमाण्डाै – नेकपा एमालेले गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि कार्यदल बनाएकाे छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन भएकाे हाे ।  समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनुभएको छ । एमालेको आज आइतवार भएको सचिवालयको बैठकले यस्ताे निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पालिका चुनावका क्रममा पार्टीका उ...

स्थानीय चुनावमा भएको अन्तरघातबारे छानबिन गर्न एमालेले बनायो समिति

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पराजयको मुख्य कारण अन्तरघात भएको निष्कर्ष निकालेको एमालेले छानबिनका लागि समिति गठन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई सदस्य राखिएको छ। […]

राष्ट्रियसभा चुनावमा अन्तर्घात गर्नेलाई एमालेले कारबाही गर्ने

भक्तपुर – नेकपा एमालेले राष्ट्रिय सभाकाे चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएकाे छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवम् अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।केही दिन अगाडि पार्टी छाड्नुभएकी तुलसीपुर उपमहानगरपालिकाकी उपमेयरलाई निष्कासन गर्ने निर्ण...