काठमाण्डाै – नेकपा एमालेले गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि कार्यदल बनाएकाे छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन भएकाे हाे ।
समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनुभएको छ । एमालेको आज आइतवार भएको सचिवालयको बैठकले यस्ताे निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पालिका चुनावका क्रममा पार्टीका उ...