भक्तपुर – नेकपा एमालेले राष्ट्रिय सभाकाे चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएकाे छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवम् अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।केही दिन अगाडि पार्टी छाड्नुभएकी तुलसीपुर उपमहानगरपालिकाकी उपमेयरलाई निष्कासन गर्ने निर्ण...