जनकपुरधाम : धनुषाको धनुषधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एकमहिने मकर मेला आइतबारदेखि शुरु भएको छ। मकर मेला माघमा आइतबार र मंगलबार लाग्ने गर्छ।जनकपुरधामदेखि १९ किलोमिटर उत्तरी पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्व बोकेको धनुषधामको मकर मेला प्रत्येक वर्ष माघ १ गतेदेखि महिनाको अन्त्यसम्म लाग्ने गर्छ। यो मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात र महत्त्व बोकेको मेला रहेको स्थानीय श्याम साह बताउँछन्।यस मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू मे