बाह्रवर्षे मकर मेला : व्यवस्थापन तीव्र

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २३ मङ्सिर : ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ । अगामी माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ । यहाँका होटल–रिसोर्ट तथा घरबासले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा […]

सम्बन्धित सामग्री

पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै

धुलिखेल (काभ्रेपलाञ्चोक), १७ माघ । चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ । टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र […]

पनौतीमा बाह्रवर्षे मकर मेला

यौनकाण्डपछि उन्मक्त भैरव रिसाएर पनौती देश छाडेर जान लाग्दा तान्त्रिकले थाहा पाई आठवटा खुट्टा भएको पशु बलि र ठूलो रोटी चढाउँछु भनी वाचा गरेर उन्मक्त भैरवलाई रोकी राखे।...

मकर स्नानमा दर्शनार्थी

बनेपा, २७ माघ: बाह्रवर्षे मकर मेला लाग्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाट स्थलमा हुने मकर स्नानमा सहभागी हुँदै दर्शनार्थी । मकर स्नानको समय अन्तिमतिर आइपुग्दा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । मेला आगामी शनिबारसम्म चल्नेछ ।-तस्वीर : पेमा लामा-रासस

तस्बिरमा पनाैतीकाे बाह्रवर्षे मकर मेला

सूर्य मकर राशीमा प्रवेश गरेको माघ महिनाको पहिलो दिनदेखि अन्तिम दिनसम्म बाह्र वर्षको एकपल्ट पनौतीमा मकर मेला लाग्ने गर्छ ।

मकर मेलाका लागि सिंगारियो पनौतीको त्रिवेणीघाट क्षेत्र

काठमाडौं : काभ्रेको पनौतीस्थित त्रिवेणीघाट क्षेत्रको रुप अहिले फेरिएको छ। ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाको तयारी स्वरुप त्रिवेणीघाटमा भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम भइरहेको छ। बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। तर कोरोना संक्रमणलाई मध्यनजर गर्दै…

बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ ।जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को बैठकले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहसँग आग्रह

कोरोनाका कारण बाह्रवर्षे मकर मेला स्थगित

कोरोना संक्रमण बढ्दै जान थालेपछि बाह्रवर्षे मकर मेला कोरोनाका स्थगित भएको छ। काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोना तीव्र रूपमा फैलिँदै गएका कारण स्थगित भएको हो।

बाह्र वर्षे मकर मेला तयारी तीव्र

ऐतिहासिक, धार्मिक-सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ । मेलाका लागि नगरले गत वर्षदेखिनै बजेट विनियोजन गर्दै तयारी थालेको हो ।

पनौतीमा पुरानो शैलीका घर निर्माणलाई प्रोत्साहन

काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरूप आर्थिक सहयोगको योजना अगाडि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डअनुसारको निजी आवास बनाउनुपर्नेछ ।      योजनाअन्तर्गत वडा–७ का ६ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । पुरातत्व विभागले तोकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिन थालिएको जनाइएको छ ।      ‘संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिन थालेका छौँ’, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग थालेको हो ।   यसका लागि ९९ हजारदेखि ३ लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रमुख न्यौपानेले भने, ‘प्रोत्साहन रकम दिन थालेपछि आवास पुनर्निर्माण गर्ने स्थानीयले पुरानै शैलीमा घर बनाउन थालेका छन् ।’ काभ्रेको उक्त नगरस्थित ७ नम्बर वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो ।       ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने जनाइएको छ । ‘सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको छ’, प्रमुख न्यौपानेले भने, ‘यसका लागि मन्त्रिपरिषद्को निर्णयको पर्खाइमा छौं ।’ उनले मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्ने जानकारी दिए ।      पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत वर्ष नै अघि बढाइएको थियो । यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिस्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले सो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा १ करोड बजेटसमेत विनियोजन गरेको छ । ‘हामी बाह्रवर्षे मकर मेला अर्थात् आउँदो माघअगावै विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारीमा छौं’, प्रमुख न्यौपानेले भने । उनका अनुसार नगरपालिकाले चालू आर्थिक वर्षमा विश्वसम्पदामा सूचीकृत गराउन १ करोड बजेट छुट्याएको छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतका लागि मन्त्रालयगत प्रक्रिया सकिएको तर मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ ।      उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि सोही आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ । हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिन सक्ने बताइएको छ । सूचीकृत प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।       काभ्रेको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने जस्तै,  वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहरजस्ता धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ, जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।      युनेस्कोको नेपालस्थित निकायले २०५२ मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानको भनाइ छ । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनर्निर्माण भइरहेको छ । पनौती वडा–५, ६ र ७ नम्बरमा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा ०४८ देखि ०५५ सम्म ती मठमन्दिर, पाटीपौवा मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।      पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । ती हुन्, काठमाडौं उपत्यकाका सात क्षेत्र ः काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर ।  यस्तै, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । रासस