काठमाडाैँ- परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘हामी लोकतन्त्रका ‘त्रिदेशात्मक’ नतिजा अर्थात् शान्ति, मानवअधिकार र विकासमा केन्द्रित भएकाले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास […]