परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्टै आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अति कम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका छन् । एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको धारणा राखेका थिए । उनले डिजिटल कनेक्टिभिटी, पूर्वाधारको विस्तार