काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्याल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। पौड्याल आज अपरान्ह नेपाल एयरलाइन्सको विमानमार्फत् भारत जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जनाकारी दिइन्। नेपालबाट करिब एक दशकपछि भारतमा परराष्ट्र सचिवस्तरीय औपचारिक भ्रमण हुन लागेको हो। सचिव पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुई देशबीच सम्बन्धका सबै विषयमा आज रात्रिभोजसहित औपचारिक वार्ता हुने तय भएको छ।वार्तामा नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सांस्कृतिक