प्रगति राई जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन् । ‘लेखककी स्वास्नी’ उपन्यास उनको खुलस्त लेखनको उदाहरण हो । दोस्रो उपन्यास ‘बिर्सेको मृत्यु’ पहिलोझैँ जमेन । अहिले भने उनी लेखनभन्दा वैवाहिक जीवनबारे आफैँले सार्वजनिक गरेको अभिव्यक्तिले चर्चामा छिन् ।