स्याटेलाइट जडित तेस्रो हिउँ चितुवा पनि मृत फेला

डोल्पाको शे–फोक्सुन्डो निकुञ्जमा गतिविधि अध्ययनका लागि घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरेर छाडिएका चारमध्ये तेस्रो हिउँ चितुवा पनि मरेको छ । ‘घांग्री घापी घिउल’ नाम दिइएको भाले चितुवा गत असोज १ मा निसाल क्षेत्रमा मृत अवस्थामा भेटिएको स्रोतले जनाएको हो । जीपीएस कलर झुन्ड्याएर बासस्थानमा छोडिएको त्यो तेस्रो हिउँ चितुवा थियो । मरेको फेला परेको ५ महिना बितिसक्दा पनि सरकारले उक्त घटनालाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।