छोटो दूरीका प्रधानन्यायाधीश- विवादमा मुछिएनन्, समन्वय गर्न सकेनन्

१९ साउन, काठमाडौं । करिव ५० दिनको छोटो कार्यकाल पूरा गरेर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार अवकाश लिएका छन् । १ असार, २०८० मा नियुक्त भएका कार्की नेपालको न्यायिक इतिहासमा सबैभन्दा छोटो समय प्रधानन्यायाधीश हुने व्यक्ति हुन् । सर्वोच्च अदालतले शुक्रबार प्रधानन्यायाधीश कार्कीलाई बिदाइ गरेको छ । शनिबारदेखि पद रिक्त हुने भएकाले वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठ […]

सम्बन्धित सामग्री

जनशक्ति अभावले नेपाली दूतावासले काम गर्न सकेनन् : सचिव पौडेल

काठमाडौँ : परराष्ट्र सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा जनशक्ति कमी हुँदा आवश्यक काम गर्नै अप्ठ्यारो भएको खुलासा गरेका छन्। बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमता बढाई आगामी दिनमा संरचना सुधार गर्नुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा नागरिक पठाउने नेपालजस्तै अरू देशका दूतावासको क्षमता बढी रहेको दाबी गरे। उनले नेपालभित्रै रोजगारी सिर्जना गर्नसक्नुपर्ने बताए।उनले देशभित्रै लगानी

रुपन्देही जिसस गठनमा गठबन्धन अल्पमतमा

जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ पाँच दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीय तहमध्ये काँग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।अन्य चार दलले काँग्रेसलाई साथ दिँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने देखिएको छ । चार जना उपप्रमुखसहित काँग्रेस एक्लैको १४ मत छ भने जनता समाजवादी पार्टीले एउटा गाउँपालिका प्रमुख जितेको छ । गठबन्धनका अन्य दलले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेनन् । जिल्ला समन्वय समिति गठनका लागि १७ जना चाहिन्छ । तर, ग

जिससको मौज्दात कोषको रकम पालिकाले खर्च गर्न सकेनन्

जिल्ला समन्वय समिति (जिसस) गोरखाको मौज्दात कोषको रकम गोरखाका ११ वटै पालिकालाई दिने निर्णय भएको तीनवर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् ।...

कोरोना कहरमा कर्णालीको व्यावसायिक क्षेत्र

पहिलो चरणको कोभिडले कर्णालीका होटल–व्यवसाय, उद्योग–कलकारखाना करिब नौ–दस महिना पूर्णरूपमा बन्द भए । त्यतिबेला सरकारले व्यवसायीको राहतका लागि भनेर ब्याज मिनाहा गर्ने, घरभाडा मिनाहा गर्ने, व्यवसायीको ब्याज सरकारले तिरिदिनेजस्ता राहत प्याकेज ल्यायो । तर, उक्त राहत प्याकेज कर्णालीका अधिकांश व्यवसायीले पाउन सकेनन् भने धेरैले ब्याज अनुदान पाउन बैंकमा समन्वय गर्ने कुरासमेत थाहा पाएनन् । केही […]

अझै पुनर्निर्माण हुन सकेनन् विद्यालय भवन

भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दातृ निकायले निर्माण गरिदिने दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै पुनर्निर्माण भइसकेका छैनन्। भवन पुनर्निर्माण नहुँदा कतिपय विद्यालय कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन्। भारत सरकारद्वारा गत २०७७ चैतदेखि सुरु भई २०७८ जेठ महिनामा सम्पन्न गर्ने गरी ७४ करोड ८१ लाख ६५ हजार रुपियाँको लागतमा केही विद्यालय पुनर्निर्माण भएका छन्। बन्दाबन्दीको समयमा पनि धमाधम पुनर्निर्माण सुरु भएका १० वटा विद्यालयमध्ये भीम मावि दोलखा, कालीढुङ्गा मावि मिर्गे र गुप्तेश्वर मावि मालु मात्र सम्पन्न भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो।

मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्: परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ।

गौरवका आयोजना सुस्त

गत आर्थिक वर्षमा कुनै पनि राष्ट्रिय गौरवका आयोजनाले शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल गर्न सकेनन् । अन्तरसरकारी समन्वय अभाव, स्थानीय अवरोध, नीतिगत समस्या, ढुंगा, गिट्टी, बालुवाको अभाव, ठेकेदारको लापरबाही लगायतका समस्या आयोजनाले झेल्नु परेको छ ।