नेपाल बार एसोसियसनका महासचिव लीलानाथ पौडेलले आफूहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्तामा नबस्ने बताएका छन् । उनले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका हुन् ।
सोमवार प्रधानन्यायाधीश जबराले वक्तव्य प्रकाशित गरी नेपाल बार र सर्वोच्च बारलाई वार्तामा आउन आग्रह गरेका थिए ।
कानून व्यवसायीहरू प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा छन् ।