अमेरिकाले लगायो रुसी तेलमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्ला ?

काठमाडौँ । अमेरिकाले रुसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मङ्गलवार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्। युक्रेनमाथि सैन्य हमला गरेको रुससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो। अमेरिकाले सन् […]

सम्बन्धित सामग्री

भारतलाई रुसी तेल खरिद घटाउन आग्रह नगरेको अमेरिकी भनाइ

संयुक्त राज्य अमेरिकाले भारतलाई रुसी तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ।

युक्रेनी संकटबीच रुसबाट चीनको एलएनजी ग्यास आयात दोब्बर

चैत ७, पेचिङ (चीन) । रुसले युक्रेनमा हमला गरेपछि रुसमाथि विश्वका अधिकांश देशहरुले प्रतिबन्ध लगाइरहेका छन् । ऊसँगको व्यापार ठप्प पारेका छन् । निर्यातकर्ताहरुले अन्य निर्यात बजार खोजिरहेका छन् भने रुसबाट ल्याइने सामानमा भर पर्ने देशहरुले पनि वैकल्पिक आपूर्तिकर्ताहरु खोज्ने क्रम जारी छ । तर यसैबीच चीन र रुस बीच आर्थिक सहकार्य गहिरो भएको छ ।  गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्षको फेबु्रअरीमा रुसबाट चीनको तरलीकृत प्राकृतिक ग्यास आयात २ दशमलव २ गुणाले बढेको चीनको भन्सार विभागको तथ्यांकले देखाएको छ । मूल्यका आधारमा भने आयातको आकार २ दशमलव ७ गुणाले बढेर ३० करोड डलर आसपास पुगेको छ ।  चीन रुसको सबैभन्दा ठूलो ऊर्जा निर्यात बजार हो । फेब्रुअरी ४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई प्राकृतिक ग्याँस उपलब्ध गराउने विषयमा नयाँ सम्झौता प्रस्ताव गरेका छन् । रुसले युक्रेनमाथि हमला गरेयता पश्चिमी देशहरुले रुससँगको ऊर्जा सम्झौता पुनःविचार गरिरहेका छन् । रुसी तेल, कोइला र प्राकृतिक ग्यासँ माथिको निर्भरता कम गर्ने योजना बनेका छन् । युक्रेनमाथि रुसको हमला चर्किदै गइरहेको भएपनि अहिलेसम्म यस मामिलामा चीन चुक्क बोलेको छैन । रुसी आक्रमणको आलोचना न परको कुरा हो । उल्टै पश्चिमी देशहरु विशेषगरी अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको विरोध गरेको छ । अन्य देशहरुले रुसलाई बहिस्कार गरिरहँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको आर्थिक सम्बन्धले रुसलाई निकै आड मिल्ने विश्लेषण गर्न लागिएको छ । एजेन्सी

रुसले ग्यास दिन बन्द गर्यो  भने यूरोपमा कस्तो असर पुग्छ ?

अमेरिकाले रुसबाट आयात तेल र ग्यासमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि अब रुसी तेल खरिद गर्न बन्द गर्ने बताएको छ भने युरोपियन युनियनले आयात घटाउने निर्णय गरेको छ । यता तेल व्यापारमा प्रतिबन्ध लगाएमा रुसले यूरोपेली मुलुकहरूलाई ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।युक्रेनले कठोर प्रतिबन्धको माग उठाएपछि अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतले पनि यस वर्षको अन्त्यसम्ममा रुसी तेल प्रयोग नगर्ने हुने निर्णय गरेको छ । अनि यु

रुसमाथि बेलायत र अमेरिकाले लगाए ग्यासमा प्रतिबन्ध

काठमाडौं : युक्रेनमाथि आक्रमण जारी राखेको विरोधमा रुसविरुद्ध चौतर्फी घेराबन्दी तिब्र पारिएको छ।अमेरिका र बेलायतले रुसको तेल तथा ग्यासमा प्रतिबन्धको घोषणा गरेका छन्। युरोपेली संघले पनि इन्धनको परनिर्भरता घटाउने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई नै प्रहार गर्ने बताए। रुसको आम्दानीको महत्वपूर्ण स्रोत इन्धन निर्यात नै हो। यो निर्णयले आफ्ना नागरिकलाई असर पर्न सक्ने भन्दै पश्चिमा देशहरुले भने इन्धन आयातको विकल्प खोज्न थालेका छन्। यहीबीचमा भेने

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट

युक्रेनमाथि हमला गरे अमेरिकाले रुसी तेल पाइपलाइन बन्द गर्ने

रुसले युक्रेनमाथि हमला गरेको खण्डमा अमेरिकाले पश्चिमी युरोपसम्म ग्यास पुग्ने रुसको महत्वपूर्ण पाइपलाइनको ओपनिङ बन्द गर्ने चेतावनी दिएको छ । नर्ड स्ट्रीम २ पाइपलाइनको रुसबाट जर्मनी जाने योजना छ । जर्मनीका अधिकारीले बिहिबार रुसको हमलाको स्थितिमा यो परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने बताएका थिए । पश्चिमी सहयोगी देशले हमला गरेको खण्डमा आफूहरुले रुसको अर्थव्यवस्थालाई निशाना बनाउने […]