यूरोपको प्रतिबन्धपछि एशियामा कच्चा तेलको बजार बढाउँदै रुस, चीन र भारतपछि पाकिस्तानलाई बेच्दै

काठमाडौं । रुसले झन्डै एक वर्षदेखि भारत र चीनलाई भारी छूटमा कच्चा तेल (Crude Oil) बेचिरहेको छ । पाकिस्तानलाई पनि उसले भारी छूटमा कच्चा तेल बेच्ने भएको हो । रुसलाई पाकिस्तानले सस्तो तेल खरीदका लागि आफ्नो पहिलो अर्डर दिएको बताइएको छ । अन्तरराष्ट्रिय समाचार संस्था Reuters को एउटा अन्तरवार्तामा पाकिस्तानका पेट्रोलियम मन्त्री मुसादिक मलिकले यस्तो बताएका हुन् । अहिले चरम डलर अभावका कारण इन्धन आयातमा समस्या भोगिरहेको पाकिस्तानको लागि रुसी तेल ठूलो राहत हुनेछ । मलिक सन् २०२२ को डिसेम्बरमा एक प्रतिनिधि मन्डललाई लिएर रुस गएका थिए । यस क्रममा दुई पक्षबीच सस्तोमा तेल र ग्यास किन्नेबारे वार्ता पनि भएको थियो । रुसले पाकिस्तनलाई कूल मूल्य वा मुद्रामा कच्चा तेल दिन लागेको हो भन्ने कुरा मलिकले खुलाएका छैनन् । पहिलो ढुवानी भने मे महीनामा कराँची बन्दरगाहमा आउने बताइएको छ । रुससँग भएको यो सम्झौताबारे पाकिस्तानले अहिलेसम्म सार्वजनिकरूपमा केही बताएको छैन । सम्झौताअनुरूप पाकिस्तानले रुसबाट दैनिक १ लाख ब्यारेल कच्चा तेल ल्याउनेछ । यसअनुसार पाकिस्तानले वार्षिक ३ करोड ६० लाख ब्यारेल कच्चा तेल रुससँग सस्तो मूल्यमा किन्न सक्नेछ । पाकिस्तान अहिले चरम आर्थिक संकटमा छ । डलर सञ्चिति सुक्दै गएर ऊसँग कच्चा तेल किन्ने पैसा पनि छैन । पाकिस्तानको अधिकांश डलर इन्धन किन्नमै खर्च हुने गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्व बजारमा तेलको भाउ महँगो बनेपछि पाकिस्तान समेतका उच्च इन्धन आयात गर्नु पर्ने देश मारमा परेका छन् ।  विदेशी विनिमय सञ्चिति घट्दै गएका देशहरूले इन्धन आयात गर्न नसक्दा अन्य समस्याहरू पनि थपिएका छन् । यस्तोमा रुसले सस्तोमा दिने तेलले उसलाई निकै ठूलो राहत र आड भरोसा दिने छ । रुसमाथि अमेरिकासमेत कयौं यूरोपेली देशहरूले कठोर खालको प्रतिबन्ध लगाएका छन् । अहिलेसम्म भारत र चीनलाई रुसले कतिमा तेल बेचिरहेको छ भन्ने खुलासा भएको छैन । गएको डिसेम्बरमा अमेरिकाले रुसी कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर तोकेको थियो । रुस र भारतले अमेरिकाले रुसी कच्चा तेलमा लगाएको सीमालाई तोकेर तेल किनिरहेको आशंका गरिएको छ । रुससँग तेल किन्दा आफू अमेरिकाको प्रतिबन्धमा पर्ने हो कि पीर भने पाकिस्तानलाई छ । पाकिस्तान सरकारले The United States of America लाई विश्वासमा लिएको भने पनि प्रतिबन्धको खतरा भने छ भन्ने एकथरि विश्लेषकहरूले बताएका छन् । पकिस्तानलाई रुसका निजी तेल कम्पनीहरूले तेल निर्यात गर्ने बताइएको छ । तेल मार्चदेखि नै पाकिस्तान आउने भनिएको थियो । तर, केही वित्तीय चुनौतीका कारण यसमा ढिलाइ भएको बताइएको छ । पाकिस्तानले परम्परागत रूपमा साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)सँग तेल किन्दै आएको छ । रुसी तेल आयातले पाकिस्तानको तेलका लागि खाडी मुलुकमाथिको निर्भरता कम हुनेछ ।पाकिस्तानले रुसलाई तेलको भुक्तानी दिरहाम, रुबल वा चिनियाँ युआनमा दिने भनेको छ । तर, पाकिस्तानसँग यीमध्ये कुनै पनि मुद्रा पर्याप्त छैन । रुसले डलरमा भुक्तानी लिन बन्द गरेको छ । साथै पाकिस्तानसँग डलर सञ्चिति नगन्य छ । यस्तोमा भुक्तानी केमा हुन्छ भन्ने प्रश्न उब्जिएको छ । दुई देशबीच वस्तु विनिमय (Barter) हुने सम्भावना पनि छ । पाकिस्तानसामु कच्चा तेल प्रशाेधनमा पनि चुनौती भने छ । कच्चा तेल प्रशोधनका लागि ऊसँग पर्याप्त प्रविधि नभएको अनि यही कारण रुसबाट तेल ल्याउन ढिलाइ भएको अनुमान छ । मार्चमा रुसले दैनिक ६७ लाख ५० हजार ब्यारेल बराबरको कच्चा तेल बेचेको एउटा तथ्यांकले देखाएको छ । मार्चमा रुसले भारतलाई दैनिक १६ लाख ब्यारेल र चीनलाई दैनिक १६ लाख ५० हजार ब्यारेल कच्चा तेल बेचेको थियो । गएको महीना चीन भारतलाई उछिनेर सबैभन्दा ठूलो रुसी तेल आयातकर्ता भएको थियो । टर्कीको सरकारी समाचार संस्था एएका अनुसार रुसले बेच्ने कुल कच्चा तेलमध्ये ९१ प्रतिशत चीन र भारतलाई बेच्ने गरेको छ । तर, यो आकडा बजार अनुसन्धान संस्था रिफिनिटिभ आयल रिसर्चको अनुमानका आधारमा रोयटर्सले छापेको समाचारसँग मेल खाँदैन । एजेन्सी

सम्बन्धित सामग्री

मध्यपूर्वमा तनावका बीच चीन, रुस र इरानले संयुक्त युद्धाभ्यास गर्ने

यस्तोमा अमेरिकासँग सम्बन्ध खस्किएका देशहरू चीन, रुस र इरानले संयुक्त युद्ध अभ्यास गर्ने भएका छन् । बेइजिङको आयोजनामा तीन देशका नौसेनाहरूले युद्ध अभ्यास गर्ने भएका हुन् ।

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्र खसाउने हतियार बनाउँदै अमेरिका

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रबाट बच्नका लागि अमेरिका र जापानले संयुक्त रूपमा ‘इन्टरसेप्टर’ हतियार बनाउने भएका छन् ।

चीन र रुस सुरक्षा तथा कानून कार्यान्वयनका विषयमा बैठक गर्दै

काठमाडौँ । रुसी महासङ्घको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन-रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् । उनले सो अवसरमा चीन-रुस कानून प्रवर्तन तथा सुरक्षाको सातौँ बैठकमा  समेत भाग लिने बताइएको छ । सो बैठक सेप्टेम्बर १८  र १९ मा हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका […]

चीन र रुस सुरक्षा र कानून कार्यान्वयनका विषयमा बैठक गर्दै

रुसी महासंघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन–रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् ।  उनले सो अवसरमा चीन–रुस कानून प्रवर्तन तथा सुरक्षाको सातौं बैठकमा  समेत भाग लिने बताइएको छ ।सो बैठक सेप्टेम्बर १८  र १९ मा हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जिएची र राजनीतिक सदस्य गुओ शेङकुनको निमन

जी-७ देशको बैठकमा चीन, रुस र इरानबारे के के भनियो ?

विश्वका सात धनी र प्रजातान्त्रिक देशका नेताहरू दक्षिणी जर्मनीको बभेरियन आल्प्सको पहाडहरू बीचको विलासी रिसोर्टमा तीन दिने वार्षिक सम्मेलनको लागि भेला भएका थिए । यो शिखर सम्मेलनमा रुस, चीन, इरानमाथिको प्रतिबन्ध, ऊर्जा, खाद्य सुरक्षा, जलवायु परिवर्तन र कोरोनालगायतका धेरै विषयमा जी–७ देश सहमत भएका छन् । सम्मेलनमा चीन, इरान र रुसमाथि कडा अडान लिने संकेत […]

जलवायु सम्मेलनमा चीन र रुस नै अनुपस्थित हुनु दुःखद : बाइडेन

काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेर

चीन, रुस र पाकिस्तानलगायत २४ देश इजरायलविरुद्ध उभिए

काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद (युएनएचआरसी)मा भएको मतदानमा ४७ मध्ये चीन, रुस, पाकिस्तानलगायत २४ देश इयरायलको विरुद्धमा उभिएका छन्।इजरायल र हमासबीच केही दिनअघि भएको ११ दिन लामो संघर्षलाई ‘युद्ध अपराधको रुपमा अनुसन्धान गर्ने’ विषयमा मतदान भएको थियो। उक्त प्रस्तावको पक्षमा चीन, रुस, पाकिस्तान बंगलादेश, फिलिपिन्स, अर्जेन्टिना, बहराइन, क्युबा, इण्डोनेसिया, लिबिया, मेक्सिको, नामिबिया, उज्वेकिस्तान, सोमालिय र सुडानले मतदान गरेका थिए।

चीन, रुस र पाकिस्तानलगायत २४ देश इजरायलविरुद्ध उभिए

काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद (युएनएचआरसी)मा भएको मतदानमा ४७ मध्ये चीन, रुस, पाकिस्तानलगायत २४ देश इयरायलको विरुद्धमा उभिएका छन्।इजरायल र हमासबीच केही दिनअघि भएको ११ दिन लामो संघर्षलाई ‘युद्ध अपराधको रुपमा अनुसन्धान गर्ने’ विषयमा मतदान भएको थियो। उक्त प्रस्तावको पक्षमा चीन, रुस, पाकिस्तान बंगलादेश, फिलिपिन्स, अर्जेन्टिना, बहराइन, क्युबा, इण्डोनेसिया, लिबिया, मेक्सिको, नामिबिया, उज्वेकिस्तान, सोमालिय र सुडानले मतदान गरेका थिए।

यसकारण म्यान्मारको सैन्य शासकलाई समर्थन गर्दैछन् चीन र रुस

संयुक्त राष्ट्रसंघले म्यान्मारमा गरिएको सैन्य कूका विषयमा प्रतिक्रिया दिन खोजिरहेको बेलामा सुरक्षा परिषद्का दुई स्थायी सदस्य चीन र रुसले कूको भर्त्सना गर्ने बयानमा रोक लगाएका छन् । यी दुई ठूला शक्तिले म्यान्मारलाई प्रतिरक्षा गर्नमा लामो समयदेखिको राजनीतिक, आर्थिक र सैन्य सम्बन्ध जिम्मेवार छ ।  रुस र चीन म्यान्मारलाई हतियार उपलब्ध गराउने दुई प्रमुख राष्ट्र हुन् । त्यसैले उनीहरू राष्ट्रसंघको कुनै पनि किसिमको सैन्य वा आर्थिक प्रतिबन्धबाट म्यान्मारलाई प्रतिरक्षा गर्नेछन् ।   म्यान्मारले सन् २०१० देखि २०१९ सम्ममा दुई अर्ब ४० करो...