जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्यौट

साउन १४, स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष २०७७/०७८ मा ५६१ ओटा मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ३८० मुद्दासहित गत आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ५८७ नयाँ मुद्दासहित कुल ९४७ मुद्दाहरुमध्ये गत आवमा ५६१ मुद्दा फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधिश बसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी रहेको छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दाहरुमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका छन् भने त्यसपछि क्रमशः अंशवण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, बन, सवारी ज्यान मुद्दा, बहुबिबाह लगायतका मुद्दाहरु दर्ता भएका उनले बताए । अदालतमा दुई वर्ष नाघेका २१ मुद्दा छन् भने १८ महीनादेखि दुई वर्षसम्मका एउटा मुद्दा मात्रै रहेको छ । एक वर्षदेखि १८ महीनासम्मका १४२ मुद्दा, ६ महीनादेखि १ वर्षसम्मका १३१ मुद्दाहरु फैसला गर्न बाँकी रहेका उनले बताए । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण पनि अदालतबाट मुद्दा फर्छ्यौटमा तीव्रता दिई कार्य भएको अदालतले जानकारी दिएको छ । अब फर्छ्यौट हुन बाँकी रहेको ३८६ मुद्दाहरुमध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन २ ओटा रहेका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । जिल्ला अदालत स्याङ्जाबाट गत आर्थिक वर्ष २०७६/०७७ मा अभियुक्तहरुबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । अभियुक्तहरुबाट रू. ३८ लाख ७७ हजार ३३८ जरिवाना फर्छ्यौट भएको स्रेस्तेदार रेग्मीले बताए ।

सम्बन्धित सामग्री

मुद्दा फर्छ्यौटमा नवलपुर जिल्ला अदालत देशकै पहिलो

कार्यसम्पादनमा अब्बल नवलपुर जिल्ला अदालत देशकै सबै भन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने अदालतका रूपमा सम्मानित भएको छ ।

बैतडीमा बढे सम्बन्ध विच्छेदका घटना

बैतडी– बैतडीमा तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ८५ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक बोहराका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध विच्छेदका ३४ वटा मुद्दा दर्ता भएका हुन्। तीमध्ये २९ मुद्दा फर्छ्यौट भइसकेका र ५ वटा फर्छ्यौट हुन बाँकी रहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका २५ वटा मुद्दा दर्ता […]

जिल्ला अदालत संखुवासभाद्वारा ९५.३१ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ । जिल्ला अदालत संखुवासभाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को वार्षिक समीक्षा एवं कर्मचारीलाई सम्मान गरिएको छ ।  आर्थिक बर्ष ०७८/०७९ मा दर्ताको आधारमा ५७.३६ प्रतिशत मुद्दा मात्रै फर्छ्यौट भएको कार्यालयका कर्मचारी सूर्यबहादुर ठटालले जानकारी दिए ।  उनका अनुसार लक्ष्यको आधारमा भने […]

जिल्ला अदालत बागलुङमा न्यायाधीश नहुँदा सयौं मुद्दा अलपत्र

सर्वोच्चले दिएको लक्ष्यअनुसार जिल्ला अदालत बागलुङले जेठ मसान्तमा ५ सय ६४ मुद्दा फर्छ्यौट गर्नुपर्थ्यो तर अहिलेसम्म ३ सय १० मुद्दा मात्रै फर्छ्यौट भए । जिल्ला अदालतमा एउटा पनि मुद्दा फैसला नभएको दुई महिना भइसकेको छ । वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि न्यायाधीशले मुद्दा हेर्न नभ्याएपछि अदालतमा इजलास बस्न सकेको छैन । वैशाख ८ को प्रगतिमा अझै अंक थपिन नसकेको अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए ।

जिल्ला अदालत बागलुङ : १ करोड ८६ लाख बढी जरिवाना उठ्न बाँकी

साउन १९, बागलुङ । जिल्ला अदालत बागलुङले फैसला कार्यान्वयन गरी जरिवाना तोकिएको १ करोड ८६ लाख भन्दा बढी उठान बाँकी रहेको जानकारी दिएको छ ।  अदालतले आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख ४६ हजार ९६८ रुपैयाँ संकलन भएको र १ करोड ८६ लाख २३ हजार ७६३ रुपैय ५० पैसा उठाउन बाँकी रहेको जानकारी दिएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेले आव २०७६/०७७ बाट १ करोड ४ लाख ८६६ रुपैयाँ ७५ पैसा जिम्मेवारी सरेर आएको र आव २०७७/०७८ मा १ करोड ५२ लाख ६९ हजार ८६४ रुपैयाँ ७५ पैसा नयाँ दण्ड जरिवाना भइ कुल २ करोड ५६ लाख ७० हजार ७ सय ३१ रुपैयाँ ५० पैसा जरिवाना रहेको थियो ।  अदालतले आव २०७७/०७८ मा २४ लाख ८० हजार रुपैयाँ जरिवाना फर्छ्यौट गर्ने लक्ष्य लिएपनि ७० लाख ४६ हजार ७६८ रुपैयाँ जरिवाना संकलन गरिएको न्यायाधीश न्यौपानेले बताए । अदाललते आर्थिक वर्ष २०७८/०७९ मा ६८ लाख ८१ हजार रुपैयाँ थप हुने र ६३ लाख २२ हजार ५०० रुपैयाँ संकलन गरिने लक्ष्य लिएको न्यायाधीश न्यौपानेले बताए ।  गत आर्थिक वर्षमा अदालतले ३६८ ओटा मुद्दा फर्छ्यौट गरेको छ । कुल ६९९ मुद्दामा ५४२ फैसला लक्ष्य रहेपनि लक्ष्यको ५२ दशमलव ६४ प्रतिशत मुद्दा फर्छ्यौट भएको न्यायाधीश न्यौपानेले बताए । उनले कोभिड–१९ को संक्रमणले लामो समयका मुद्दा हेर्न नसकिएको बताए । ‘बागलुङका पश्चिम भेगका धेरै मुद्दाहरु रहेका छन्,’ न्यायाधिश न्यौपोनले भने ‘लकडाउन र कोरोना महामारीको कारण उनीहरुलाई अदालतमा उपस्थित हुन नसकेकोले धेरै मुद्दा समयमा हेर्न नसकिएको हो ।’ जिल्ला अदालत बागलुङमा १३३ मुद्दा मिलापत्र भएकोमा १२२ थान सम्बन्ध विच्छेदका मुद्दामा मिलापत्र गरेर छुट्टिएको अदालत बागलुङका नायव सुब्बा ऋषिराम रिजालले बताए । गत आव २०७६/७७ बाट सम्बन्ध विच्छेदका ७२ मुद्दा जिम्मेवारी सरेर आएकोमा आव २०७७/०७८ मा ५८ मुद्दा फर्छ्यौट भएको छ । १४ ओटा मुद्दा अझै बाँकी रहेका छन् । बाल यौन दुरुपयोगमा ४ ओटा मुद्दा परेकोमा ४ ओटै फैसला भएको छ । आत्महत्या दुरुत्साहनमा ५ मुद्दा दर्ता भएकोमा ४ मुद्दा फैसला भएको छ । ज्यान सम्बन्धी मुद्दामा २४ मुद्दा दर्ता भएकोमा ६ ओटा मात्रै फैसला भएको र १८ ओटा बाँकी रहेको अदालतले जानकारी दिएको छ ।  विभिन्न चोरीका १७ मुद्दा रहेकोमा १६ फैसला भएको छ । लागु औषध सम्बन्धी १९ मुद्दामध्ये ७ ओटा मात्रै फैसला भएको छ । यस्तै बोक्सी सम्बन्धी आरोपमा एउटा मुद्दा परेकोमा मिलापत्रमा टुंगिएको छ ।  घरेलु हिंसा सम्बन्धी ८ ओटा मुद्दा परेकोमा सबै मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ । वैवाहिक जबरजस्ती करणी दुई मुद्दामध्ये दुई ओटैको फैसला भएको नायव सुब्बा रिजालले बताए । नावालक प्रतिवादी भएका १९ मध्ये ७ मात्रै टुंगिएको छ । पीडित बालबालिका भएका २२ मुद्दामध्ये १२ ओटा फर्छ्यौट भएको छ । कसुर ठहर भई सजाय निर्धारण भएका ३७ मुद्दामध्ये ३७ नै फर्छ्यौट भएको अदालतले जानकारी दिएको छ । निरन्तर सुनुवाई भएका ५७ मुद्दामध्ये ३२ ओटा फर्छ्यौट भएको छ । थुनुवा मुद्दा संख्या ९६ मा ६४ फर्छ्यौट भएपछि ३३ मुद्दा बाँकी रहेका छन् ।

अर्घाखाँची जिल्ला अदालत प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।

गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, कमजोर फैसला कार्यान्वयन

गुल्मी : गुल्मी जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। मुद्दा फर्छ्यौटको हिसाबले गुल्मी जिल्ला अदालत प्रदेश ५ मा उत्कृष्ट रहेको अदालतले दाबी गरेको छ। अदालतका अनुसार अघिल्लो आर्थिकबाट जिम्मेवारी सरेका १६१ र नयाँ दर्ता भएका ३८८ गरी ५४९ मुद्दामा बार्षिक फैसला गर्नुपर्ने ३५५ मुद्दा छन्। माघ ६ गतेसम्म ...

जिल्ला अदालत सल्यानमा झण्डै ४० प्रतिशत सम्बन्ध विच्छेदका मुद्धा

सल्यान – जिल्ला अदालत सल्यानमा झण्डै ४० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेको देखिएको छ  । जिल्ला अदालत सल्यानमा यसवर्ष परेका मुद्धाहरुमा झण्डै ४० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा जिल्ला अदालतमा दायर ३ सय ४५ मुद्दा मध्ये २ सय ७१ थान मुद्दा फर्छ्यौट भएको छ । जसमा सम्बन्ध बिच्छे...