प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा काभ्रेका सुमन खरेललाई पक्राउ गरिएको छ ।
उनले १ बैंकको १ करोड ७९ लाख बैंकमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी बैंकको सम्पत्ति अपचलन गरेको आरोपमा पक्राउ गरिएको सीआईवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उच्च अदालत पाटनबाट म्याद थप गरी उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरेल सिन्धु विकास बैंकका शाखा प्रमुख समेत भएको प्रहरीले जनाएको छ ।