पर्यटनमा आशा : होटेलले माग्न थाले कर्मचारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र पर्यटन क्षेत्रमा झीनो सुधार देखिन थालेकाले काठमाडौं उपत्यकासँगै मोफसलका होटेल तथा रिसोर्टहरूले कर्मचारी माग गर्न शुरू गरेका छन् । खासगरी काठमाडौं उपत्यका बाहिरका होटेलहरूले कर्मचारी माग गर्न थालेका हुन् । बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा न्यूनतम कर्मचारीहरू राखेर र चक्रीय प्रणालीमा श्रमिक राखी काम गर्दै आएको होटेल क्षेत्रले अहिले कर्मचारीहरू माग्न थालेका हुन् । काठमाडौंको हायात रिजेन्सी होटेल, ¥याडिसन होटेल कालिमाटीजस्ता होटेलले कर्मचारी माग गरेका छन् । हायात रिजेन्सी काठमाडौंले इभेन्ट सर्भिस म्यानेजरदेखि इन्डियन सेफसम्मका कर्मचारी माग गरेको छ । सुनसान रहेको ठमेलका होटेलले पनि कर्मचारी माग गरेका छन् । काठमाडौंको ठमेलमा अवस्थित तीनतारे मस्र्याङ्दी होटेलले पनि कर्मचारीको विज्ञापन खुलाएको छ । काठमाडौंकै होटेल क्राउन इम्पेरियल, याक एन्ड यति होटेल पनि कर्मचारी माग गरेका छन् । यसरी कर्मचारीहरू माग गर्नेमा मोफसलका होटेलहरू बढी छन् । सिद्धार्थ हस्पिटालिटी ग्रूपले कर्मचारी माग गरेको छ । होटेल सिद्धार्थले नेपालगञ्जका लागि कर्मचारी माग गरेको हो । लामो समयसम्म हिँडडुल गर्न नपाएका मानिस घुमघामका लागि निक्लन थालेकाले अहिले आन्तरिक पर्यटन लयमा छ । यसले गर्दा पोखरा, चितवन, तराई भेगका होटेलहरूले कर्मचारी माग गरिरहेका छन् । बुटबलको ड्रिम इन्टरनेशनल होटेलले धेरै संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । होटेलले ६५ जना कर्मचारी माग गरेकोे छ । उपत्यका नजिकको गन्तव्य धुलिखेलको आगन्तुक रिसोर्टले पनि कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । नयाँ होटेलहरूले कर्मचारी माग गरिरहेको होटेल व्यवसायीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको घट्दो अवस्था छ र अनअराइभल भिसाका कारण पर्यटन क्षेत्रमा सुधार देखिएको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेको छ । त्यसैले गर्दा मोफसलमा कर्मचारी माग गरिएको होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले बन्दाबन्दी र निषेधाज्ञापछि होटेलहरूमा कर्मचारी तथा श्रमिक कति फर्किए भन्ने विषयमा तिहारपछि अध्ययन गरिने जानकारी दिए । बन्दाबन्दी र नाकाबन्दीमा ५ देखि १० प्रतिशत मात्रै कर्मचारी राखेर होटेल खुला गरेका होटेलहरूले कर्मचारीहरू पुनः राख्न थालेका छन् । पर्यटकको वृद्धि देखिएको हुँदा व्यवसायमा हौसला बढेको उनी बताउँछन् । अहिले पुरानै नेटवर्क, एजेन्सीहरूमार्फत नेपाल घुम्ने पर्यटकका विषयमा जानकारी लिइएको भन्दै उनले अहिले विश्व पर्यटनमै प्रतिस्पर्धा देखिने बताए । ‘अन्य देशहरूलाई पनि पर्यटकहरू चाहिएको छ’, उनले भने, ‘प्रतिस्पर्धाका बीच पनि हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं । तयारी पनि सोहीअनुसार गरिएको छ ।’ नेपालमा आउने पर्यटकलाई कोभिडबाट कसरी सुरक्षा गर्ने नै मुख्य पक्ष रहेको भन्दै उनले अबको मार्केटिङ रणनीति फरक ल्याउने बताए । एकैपटक पर्यटक आउँछन् भन्ने अवस्था नभए पनि आन्तरिक पर्यटकलाई नै लक्षित गरेर तिहारपछि प्याकेज तथा अन्य कार्यक्रमहरूको तयारी गर्ने व्यवसायी बताउँछन् । २०२२ को शुरुआतीदेखि नै अहिलको अवस्थामा क्रमिक सुधार हुने पर्यटन व्यवसायीहरूको आशा छ ।

सम्बन्धित सामग्री

सिमेन्ट निर्यातले जगायो आशा

मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।...

आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिका थारु २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को […] The post आशा र स्वस्तिका सेमिफाइनलमा first appeared on Hamro Khelkud.

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

मन्त्रिपरिषद्ले आशा जगायो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आशा जगाएकाले जनतामा आशा जागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आशा लाग्दो मन्त्रिपरिषद् भएकाले जनतामा पनि आशा जागेको दाबी गरेका हुन् ।  यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । 'जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कु

इङ्ल्यान्डले आशा जगायो

इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।...

डुङ्गा व्यवसायीमा पलाउँदै आशा

सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ ।  कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा […]

नयाँ कप्तानको विश्वकप जित्ने आशा

भारतका कप्तान रोहित शर्माले क्रिकेटमय आफ्नो देशले सीमित ओभरको विश्वकप जित्ने आशा व्यक्त गरेका छन्।...

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैन -कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्मपरिवर्तन,विदेशी चलखेल र भ्रष्टाचार...

उज्यालोको आशा

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो ४ सय केभीको सबस्टेसन उद्घाटन गरेसँगै विद्युत्को क्षेत्रमा केही आशा पनि देखिएको छ ।...

खोप : आशा र कूटनीति

एक वर्षअघि सुरु भएर विश्वभर आतंक मच्चाएको कोभिड–१९ को महामारी खोप प्रयोगमा आउन थालेसँगै कमजोर हुँदै जाने आशा गरिएको छ । खोपको उत्पादन, वितरण र उपलब्धताको मात्राका कारण अहिले नै...