बागमतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको सोमवार बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।  सोमवार बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएका थिए । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्नुभएको थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीना...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल

२६ फागुन, हेटौंडा । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस सुरु भएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् । दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल […]

बागमतीमा सरकार विस्तारको गाँठो फुकेन, कांग्रेस कुर्दै मुख्यमन्त्री

बागमतीमा प्रदेशमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रको हठका कारण सरकार विस्तारको गाँठो फुक्न सकेको छैन ।

बागमतीमा नयाँ सत्ता समीकरणको अंक गणित, मुख्यमन्त्री जम्मकट्टेल कति सुरक्षित ?

बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ ।

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बन्न सक्छ ?

राप्रपालाई विश्वासमा लिने हो भने र एकीकृत समाजवादीको समर्थन कायम गर्ने हो भने कांग्रेससँग ५७ सिट पुग्छ । यसो भएमा कांग्रेसले सरकार बनाउन सक्छ ।

बागमतीमा जता राप्रपा उतै सरकार

वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन । तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ ।

बागमतीमा संसदीय दलको नेताका आकांक्षीको दौडधुप शुरु

हेटौंडा : नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेतामा आकांक्षीहरूको दौडधुप शुरु भएको छ।निर्वाचन आयोगले मंसिर ४ मा बागमतीमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शनिबार बुझाएको थियो। आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको छ।सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशसभामा निर्वाचित दलहरूमा संसदीय दलको नेता बन्न दौडधुप शुरु भएको हो। बागमती प्रदेशसभामा सत्ता गठबन

बागमतीमा गठबन्धनको सरकार पक्का

बागमती प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ ।  नेकपा एमाले विभाजनपछि निर्वाचन आयोगले आइतबार दल विभाजनको आधिकारिक पत्र पठाएर नेकपा (एकीकृत समाजवादी)लाई संसदमा दलको मान्यता दिएसँगै...

प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्ने बताएका छन् । राजधानीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर प्रदेशमा...

बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को को बन्दैछन् मन्त्री?

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रीहरु हेरेफेर गर्न लागेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ। तर मुख्यमन्त्री सचिवालयलाई कसलाई कुन मन्त्रालय दिने विषयमा टुंगो लागि नसकेको सचिवालय सदस्य सन्तोष पौडेलले जानकारी दिए। नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ…