नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा कांग्रेसको सरकार बन्यो भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् ।बुधबार काठमाडौंमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । ‘बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई पहिलो वर्ष नेपाली कांग्रेसले २५ सय घर बनाएर हस्तान्तरण गर्नेछ’, उनले भने, ‘कांग्रेसको सरकार बन्ने वि