काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको दफा ३६ तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पक्षसँगको छलफलपछि मात्रै निष्कर्षमा पुगिने आदेशमा उल्लेख छ। दुवै पक्षलाई यहि १३ गते छलफलको लागि बोलाइएको छ। साथै अदालतले अन्तरिम आदेश जारी गर्न